मुख्यमन्त्री राई ; प्रदेश र संघमा तानाशाहीकरण भयो

मुख्यमन्त्री राई ; प्रदेश र संघमा तानाशाहीकरण भयो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ७ १५:०९ बजे
मुख्यमन्त्री-राई-

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीयताभित्र प्रदेश संरचना निर्माण भइसकेपछि विकासको तानाशाहीकरण भएको  भन्दै आपत्ती  जनाएका छन् । मंगलवार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रदेश १ मा आयोजना काय्र्रक्रममा उनले यस्तो बताएका हुन् ।  

 संघीय मन्त्रालयका मन्त्रीहरूले एउटा प्रदेशको भन्दा ५÷६ गुणा बढी बजेट राखेर केही काम नगरेको आरोप  उनको रहेको छ ।   संघीय सरकारभन्दा  जिल्लामा प्रदेश सरकारले बढी योजना बनाएको  उनको दाबी  रहेको छ ।  उनले संघको नेतृत्वले आफैँ अधिकार र बजेट मुठ्याएर प्रदेश सरकार र स्थानीय सरकारलाई निम्छरो बनाई आलोचना गरिरहेको   बताएका छन् ।  

पर्याप्त बजेट र अधिकार नदिँदा पनि प्रदेश सरकारको योजना संघीय सरकारको भन्दा बढी रहेको भन्दै र  प्रदेशमा नै आएर योजना गणना गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती  समेत  दिएका छन् । मुख्यमन्त्री राईले संघीय सरकारले अधिकार र बजेट पर्याप्त नदिँदा पनि प्रदेशले राम्रो काम गरेको उल्लेख गर्दै अनावश्यक समीक्षा र आलोचना नगर्न चेतावनी दिए । 

मुख्यमन्त्री राईले संघले पैसा र अधिकार दिए विकासका काम कसरी हुन्छन् भनेर देखाउने योग्यता प्रदेशसँग रहेको दाबी गरे । उनले हरेक रूपमा प्रदेश सरकारको आर्थिक अवस्था निम्छरो रहेको बताउँदै प्रदेश सरकारको बजेटले ५ वर्षमा १४ वटा पिच सडक बनाउन नसक्ने गुनासो गरे । उनले संघीयता नै चाहिएको हो भने राष्ट्रिय गौरवका आयोजना बाहेकका योजनाहरूको रकम प्रदेशलाई दिनुपर्ने माग राखेका छन् ।   

२०७९ भदौ ७ १५:०९ बजे

प्रतिक्रिया