चुनावअघि माओवादीसँग एकता हुँदैन् ; माधव नेपाल

चुनावअघि माओवादीसँग एकता हुँदैन् ; माधव नेपाल

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ७ १४:५६ बजे
माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसँग चुनावअघि एकता संभव नभएको  बताएका छन् । मंगलबार संसद बैठकबाट बाहिरिँदै सञ्चारकर्मीसँगको कुराकानीका क्रममा नेपालले अहिले पार्टी एक हुने सम्भावना नरहेको बताएका हुन् ।  

गामी आम निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादी आ–आफ्नो चुनाव चिन्ह लिएर सहभागी हुने उनले बताए।  उनले भने , ‘अहिले नेकपा माओवादी केन्द्रसँग प्रारम्भिक कुराकानी चलेको छ। एकताको कुरा चुनावअघि सम्भव छैन्। आ–आफ्नो पार्टी चुनाव चिन्हको आधारमा चुनाव लडिन्छ । तर, पाँच दलीय गठबन्धनलाई आधार बनाएर अघि बढिन्छ।’

अहिले आफूहरु चुनावलाई केन्द्रविन्दुमा राखेर हिँडेको नेपालले बताए।  उनले भने, ‘हामीले चुनावलाई केन्द्रविन्दुमा राखेका छौं। नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर जानुपर्छ भनेका छौं। त्यसका लागि हामीले विभिन्न राजनीतिक दलसँग कुरा गर्छौं।’ 

माओवादीसँग एकताका लागि एकता संयोजन समिति बनाउने कुरा सोचिरहेको पनि नेपालले बताए।

२०७९ भदौ ७ १४:५६ बजे

प्रतिक्रिया