मतभेदका विषयमा स्वस्थ, मर्यादित तथा मैत्रीपूर्णढङ्गले बहस तथा अन्तरक्रिया सन्चालन गरिने- क. किरण

bimbonline बिम्ब अनलाइन
२०८१ असार २० २०:४० बजे

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सँयोजक किरणले  हिजो एक वक्तव्य जारी  २०८१ असार ११ गतेदेखि १६ गतेसम्म काठमाडौंमा केन्द्रीय संयोजक क. किरणको अध्यक्षतामा राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठक सफलतापूर्वक सम्पन्न भयो वताएका छन । बैठकमा लिइएका महत्वपूर्ण निर्णयहरुबारे  प्रेस विज्ञप्ति मार्फत् सार्वजनिक गरिएको छ ।

पार्टीको बैठकको प्रारम्भमा विभिन्न जनआन्दोलन, जनयुद्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रान्तिमा सहादत प्राप्तगर्ने वीर वीराङ्गनाहरू प्रति एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको, यही जेष्ठ २८ गते ४९ बर्षको उमेरमा वीर अस्पतालमा उपचारका क्रममा असामयिक रुपमा निधन हुनुभएका पार्टीका केन्द्रीय सचिवालय सदस्य क. नारायण सापकोटा (क. प्रकाश) प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकप्रस्ताव पारित गरियो वताएका छन।

 वक्तव्यमा अगाडी भनिएो छ- एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठक एकता महाधिवेशनको तयारीमा केन्द्रित रह्यो । बैठकमा सर्वप्रथम कमरेड किरणले राजनीतिक प्रतिवेदन, नीति तथा कार्यक्रम सम्बन्धी राजनीतिक प्रस्ताव पेश गर्नु भयो । त्यसै क्रममा केन्द्रीय कार्यालयका विभिन्न कमरेडहरुले विभिन्न दस्तावेज तथा प्रस्तावहरू प्रस्तुत गर्नुभयो । ती सम्पूर्ण दस्तावेज तथा प्रस्तावहरूबारे आवश्यक छलफल, बहस तथा अन्तरक्रिया गर्नका लागि केन्द्रीय संगठन समितिका कमरेडहरुलाई १० ओटा समूहहरूमा विभाजित गरियो । त्यसपश्चात्, सबै समूहहरुका तर्फबाट सम्बन्धित टोली प्रमुख समेतका कमरेडहरुले समूहमा सम्पन्न छलफल, बहस तथा अन्तरक्रियाको सारसंक्षेप प्रस्तुत गर्नु भयो । त्यसैक्रममा बैठकमा आमन्त्रित केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा उपाध्यक्ष कमरेडहरुले अनुभूतिपरक मन्तव्य प्रस्तुत गर्नु भयो । त्यस पश्चात् सह संयोजकहरू कमरेड कन्चन,  असिमद्वारा संक्षिप्त मन्तव्य प्रस्तुत भयो र संयोजक कमरेड किरणद्वारा आवश्यक स्पष्टीकरण दिइयो । यसरी समग्रमा ती दस्तावेज तथा प्रस्तावहरूलाई आवश्यक विधि तथा प्रक्रियाका बीचबाट महाधिवेशनमा प्रस्तुत गर्नका लागि तयार पार्ने निर्णय लिइयो  भनि वताइएको छ।

वक्तव्यमा अगाडी भनिएको छ-  यही २०८१ कार्तिक २ गते काठमाडौमा राष्ट्रिय एकता महाधिवेशन उद्घाटन गर्ने निर्णय गरियो र महाधिवेशनको तयारीका लागि अर्थ समिति, प्रचार प्रसार समिति तथा व्यवस्थापन समिति समेत बनाउने निर्णय लिइयो ।  केन्द्रीय संगठन समितिको बैठकमा माक्र्सवाद–लेनिनवाद–माओवाद\माओविचारधारालाई पथप्रदर्शक सिद्धान्त र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने राजनीतिक कार्यदिशालाई अवलम्बन गरेको हाम्रो पार्टीको एकता महाधिवेशनलाई सफलतापूर्वक तथा शानदाररुपमा सम्पन्न गर्नका लागि विशेष जोड दिइएको छ । यस सन्दर्भमा स्वस्थ, मर्यादित तथा मैत्रीपूर्णढङ्गले बहस तथा अन्तरक्रियालाई सन्चालन गर्ने, महाधिवेशनलाई अध्ययन अनुसन्धान केन्द्रका रूपमा विकसित तुल्याउने, पार्टीलाई विपरीतहरूको एकत्वका रूपमा लिई एकता–संघर्ष–रुपान्तरणका बीचबाट नयाँ आधारमा एकताबद्ध, सुदृढ तथा क्रान्तिको रथ हाँक्न योग्य बनाउने, विचारधारात्मक, राजनीतिक तथा सांगठनिक रूपमा क्रान्तिकारी तथा सही कार्यदिशा निर्माण गर्ने, वर्तमान दलाल नोकरशाही पुरानो राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा नेपाली सर्वहारावर्ग र शोषित पीडित जनसमुदायको नयाँ राज्यसत्ता निर्माण गर्नका लागि क्रान्तिको तयारीमा दृढतापूर्वक अगाडि बढ्ने र सबै सच्चा क्रान्तिकारी कम्युनिस्ट व्यक्तित्व तथा समूहलाई पनि गोलबन्द गर्ने लगायतका विषयहरुबारे यस बैठकमा अत्यन्त सजीवता र गम्भीरताका साथै सम्पन्न छलफल, बहस तथा अन्तरक्रिया विशेष उल्लेख्य रहेका भनि उल्लेख गरेका छन।


२०८१ असार २० २०:४० बजे

प्रतिक्रिया