अछाममा एकता अधिवेशन सम्पत्र, एधार जनाको जिल्ला समिति गठन

bimbonline बिम्ब अनलाइन
२०८१ असार ६ ०९:२० बजे

कमलवजार। अछाम जिल्लामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(मशाल)ले विच २०८१ असार ४ गते एकता अधिवेशन  सम्पन्न भएको छ।अधिवेशनको  ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्री प्रतिविम्वले व्यानर वाचन गरेर  उदधाटन गर्नुभयो।

उदधाटनमा प्रशिक्षण मन्तव्य राख्दै इञ्चार्ज जाग्रीले क्रान्तिकारी पार्टीहरुको एकताको आवश्यकता  समयको माग भएको, अन्य पार्टीहरु भन्दा क्रान्तिकारी कम्युनिष्ट  पार्टीका कार्यकर्ता वैचारीक राजनितिक रुपमा मात्र नभए व्यवहार र आचरणमा पनि  जनताले देख्ने वुझ्ने गरी फरक हुनुपर्ने कुरा वताउनु भयो । कार्यक्रममा ७ न. प्रदेशका सँयोजक महानले  सवै पार्टी सदस्य, कार्यकर्ताहरु पुर्व पार्टीको मानसिकता वाट मुक्तभइ पार्टी एकतालाई रुपान्तरणमा लिएर जानुपर्ने कुरा वताउनु भयो।

कार्यक्रममा जिल्ला इञ्चार्ज शितलले एधार सदसिय जिल्ला समितिको प्यानल प्रस्तुतगरे पछि वन्दशत्रमा पारित गरिएको थियो। नवनिर्वाचित समिति लाई प्रदेश कार्यालयको तर्फ वाट रामवहादुर महरा चिन्तकले शुभकामना तथा वधाइ दिनुभयो।

कार्यक्रमको अध्यक्षता तथा सँञ्चालन विज्ञान र स्वागत भाषण योध्दाले गर्नु भएको थियो। अधिवेशनले विज्ञानको सँयोजकत्वमा एधार सदसिय जिल्ला सँगठन समिति निर्वाचित गरेको कुरा अछाम जिल्ला इञ्चार्ज शितलले वताएका छन।



२०८१ असार ६ ०९:२० बजे

प्रतिक्रिया