मोहनविक्रम को सत्तामा आगोपानी नछुने लाइ सजाय

मोहनविक्रम को सत्तामा आगोपानी नछुने लाइ सजाय

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ६ २०:११ बजे
-आगोपानी-नछुने-लाइ-सजाय

 काठमाडौं । नेकपा मसालका महामत्री मोहनविक्रम सिहको गृह जिल्ला रहेको प्युठान को स्वर्गद्वारी नगरपालिका  मा  मसालको वैधानिकमोर्चा राजमो वाट उपमेयरमा निर्वाचित मिनराज रानाको निर्देशन र उपस्थितिमा गाउँ भेला गरि वडा नं २ धनबाङ वस्ने वीर बाहदुर पुन समेतका व्यक्तिहरु लाइ आगोपानी छुन भनेको तर नमाने पछि राजनैतिक प्रतिशोधको आधारमा सामाजिक रूपमा अपमान गरि गाउँमा प्राप्त हुने सामाजिक सेवा सुविधाबाट बञ्चित गरि सामाजिक बहिष्कार गर्ने जस्तो घृणित र जघन्य अपराधिक कार्य गरीएको छ । विर वहादुर पुन समेत ले हालै मसाल छोडी   ने क पा ( मसाल) जिल्ला समन्वय समिति प्यूठान गठन गरेका थिए। 

यहि साउन १७ गतेका दिन धैरेनी पाखावन सामुदायिक वनमा वाख्राले चरेको तर कसको वाख्राले कहिने चरेको हो सो कुरा वन उपभोक्ता समितिले छानविन गरि निर्णय लिनु पर्नेमा सो मा कुनै छानविन नगरी घरमा २् वा ३ वाख्रा पाल्ने विर वहादुर पुन र वाख्रा नै नभएका अन्य व्यक्तिहरु लाइ सामुदायिक वनको बैठक मा वोलाइ वाख्रा गए नगएको भन्ने कुरामा आगोपानी छुन भनेका आगो पानी छुवाउने कार्य गरीएको छ ।  यो अन्धविश्वास हो यसले कस्को वाख्राले चरेको भन्ने कुरा पत्ता नलाग्ने भएको हुदा छानविन गरि  गाई बाख्रा चरी चरण गराउने ब्यक्तीको पहिचान गर्न विर वहादुर पुन समेतले अनुरोध गर्दा सामुदायिक वनको कार्ययोजना विपरित   आगो पानी छोएर गल्ती महसुस गर्नेलाई रू ५००  जरिवाना र आगो पानी नछुने लाइ रू १००० जरिवाना गर्ने निर्णय गरिएको रहेछ । गाउँमा जस्ले गाई बाख्रा पालेका छैनन् वा जस्ले एक दुईवटा बाख्रा घरमा बाँधेर पालेका छन् उनिहरूले आगो पानी छुन बाध्य पार्न नहुने र आगो पानी छुने तरिका आधुनिक न्याय प्रणालीमा ठिक पनि नभएकोले यसो गर्न नहुने वीर बहादुर पुनको मत राखेका थिए।

उहाँ लाइ प्रगतिशील सामुदायिक वन कोष, गाउँ कोष र बिद्यालय कोष बाट बञ्चित गर्ने निर्णयका साथै धैरेनी पाखा सामुदायिक वन कोष लाइ चलाउन नदिने , सामाजिक वहिस्कार गर्ने निर्णय गरेको छ। यि सामुदायिक सँस्थाहरु राजमो का जनवर्गिय सँगठन नभए र राज्यका नियम कानुन ध्दारा गठित सँस्थाहरु हुन यिनका नियम, कार्यविधि ले यसो गर्न मिल्दैन। यस वाट फरक विचार प्रति मोहन विक्रमका कार्यकर्ता मिनराज राना र सो पार्टी को रवया प्रष्ट भएको र वीर वहादुर पुन माथि जुन प्रकारको अमानवीय ब्यवहार गरियो यो अत्यन्तै घृणित र सामन्तवादी पुरातन न्याय प्रणाली प्रयोग गरि  न्याय प्रणालीको खिल्ली उडाउने काम समेत गरियो र सत्ताको उन्मादमा जनतालाई दवाउने काम भएको यस्ता हर्कत तुरुन्त फिर्ता गर्न नेकपा ९मसाल० जिल्ला समन्वय समिति प्युठानका सँयोजक लेखकले एक विज्ञप्ति निकाली निन्दा भत्सर्ना गरेको छ।

२०७९ भदौ ६ २०:११ बजे

प्रतिक्रिया