सुदूरपश्चिमका कञ्चनपुर र दार्चुलामा एकता अधिवेशन सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ ३१ ०९:३४ बजे

अत्तरिया। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (मशाल)का विच जिल्ला स्तरिय पार्टी एकता अधिवेशन हुने क्रममा हिजो जेठ ३० गते कञ्चनपुर र दार्चुला जिल्लामा एकता अधिवेशन\वैठक सम्पन्न भएका छन।

कञ्चनपुर जिल्लाको एकता अधिवेशनको व्यानर वाचन गरेर प्रदेश इञ्चार्ज प्रतिविम्बले उदधाटन गरेका थिए।  केहि मतभेदका विच पार्टी एकता भएको छ। पार्टी एकतामा  तल्लो तहका सवै कमिटी समाहित गरी पार्टी एकता लाई सुध्दिढिकरण गर्नुपर्ने अहिलेको आवश्यकता हो। पुर्व समुहको मानसिकता वाट सवै पार्टी सदस्यहरु मुक्तरहि दृष्टिकोण, सक्रियता , अनुशासन र इमान्दारिताका आधारमा पार्टी सदस्य लाई हेरिनु पर्छ। अरु क्रान्तिकारी समुह, व्यक्ति, व्यक्तित्व लाई पनि  एकता प्रक्रियामा समाहित गरिलिनु पर्ने कुरा वताउनु भयो। कार्यक्रममा प्रदेश सँयोजक महानले कम्युनिष्टहरुले विचारमा प्रष्ट भए सोहि  अनुसारको सँगठन निर्माण गरे गधिविधि अगाडी वढाउनु पर्ने कुरा भन्नुभयो। अर्थात आखाँले देख्ननुका साथै खुट्टाले हिड्नु पर्ने हुन्छ ।देख्न नहिड्ने हिड्ने तर कहाँ हिडेको छ भनि थाहा नपाउने हो भनि सहिरुपमा क्रान्तिकारी आन्दोलन अगाडी वढाउन नकिने हुदा दुवै कुराको तालमेल मिलाएर मात्र क्रान्तिकारी आन्दोलन अगाडी वढाउन सकिने छ भन्नु भयो। प्रदेश सहसँयोजक डाइमण्डले अनुशासित सँगठनले मात्र पार्टी अगाडी लिएर जान्छ साँगठिक अराजकताले पार्टीलाई गलत ठाउँमा पुर्याउने छ भनि वताउनु भयो।

एकता अधिवेशन २९ सदसिय जिल्ला सँगठन समिति निर्वाचित गरेको छ। जस्मा सँयोजक बिष्णु दमाइ सँहसयोजक नक्साल विष्ट वाँकी सदस्य रहेको छन। नवनिर्वाचित कमिति लाई सचिवालय सदस्य शेरवहादुर देउवा शिखरले वधाइ तथा शुभकामना व्यक्त गर्नुभएको थियो। 

कार्यक्रमको अध्यक्षता विष्णु दमाइ सञ्चालन नक्साल विष्ट स्वागत भाषण सुरेन्द्र धामीले गर्नुभएको थियो। शहिद प्रति मौनधारण गरेर कार्यक्रमको प्रारम्भ भइ कार्यक्रमका अध्यक्ष विष्णु दमाइले समापन गरेको कुरा पार्टीका नेता रामवहादुर महराले वताएका छन।

दार्चुला

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सचिवालय सदस्य डि.डि. पाण्डे र वाशुदेव जोशिको उपस्थितिमा दार्चुला जिल्लाको एकता वैठक सम्पन्न भएको छ। विजय लेखक विजुको सँयोजकत्वमा ११ सदसिय जिल्ला सँगठन कमिटी गठन गरीएको छ। कार्यक्रममा केन्द्रिय सल्लाहकार प्रभातको पनि उपस्थिति रहेको थियो।


२०८१ ज्येष्ठ ३१ ०९:३४ बजे

प्रतिक्रिया