परिगाउ बाट अबैध समान बरामद , भन्सार पठाउने तयारी

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ २५ ०८:२९ बजे

जोगबुडा ।जिल्लाको परशुराम नगरपालिका वडा न.५ परिगाउ बाट हिजो राती सिमा प्रहरी चौकी परिगाउको टोलीले अबैध समान बरामद गरेको छ।गोप्य सुचनाको आधारमा सिमावर्ती भारतको टनकपुर , बनबासा बाट ल्याएको समान चिनी, तोता बिडि , चप्पल , जुस बनाउन प्रयोग गरिने कच्चापदार्थ करिब ५७,४५४ रुपिया बराबरको समान प्रहरी देख्दा बिच बाटोमै छोडेर भागेको इलाका प्रहरी कार्यालय  जोगबुडाका प्रहरी निरीक्षक गगन सिंह भाटले जानकारी गराउनु भयो ।

परशुराम नगरपालिका अवस्थित महाकाली नदि किनार छोटी भन्सार नहुदा स्थानिय बासिन्दाले सास्ती भोग्दै आइरहेका छन भने  अबैध रुपमा दिनहु जसो  लाखौ मूल्यका समान ओसारपसार भै रहेका छन ।साना ब्यापारी लाई मात्र कडाइ गरिएको र ठुला ब्यापारी सङ्ग प्रहरी , सशस्त्र प्रहरी सेटिङ्ग्मा आफै सरिक  हुने गरेको स्थानियहरुले आरोप लगाइ रहदा प्रहरीको टोलिले निरन्तर अबैध ब्यापार रोक्न रातदिन गस्ती गरिरहेको निरीक्षक भाटले बताउनु भयो ।

यहि जेठ १९ गते राती सादनी  बाट  रु ५४,५२०  बराबरको अबैध समान बरामद गरि भन्सार कार्यालय गड्डाचौकि पुर्याइ सकेको छ भने हिजो राती बरामद गरेको समान पनि आजै भन्सार कार्यालय पठाउने तयारी भइरहेको छ ।


२०८१ ज्येष्ठ २५ ०८:२९ बजे

प्रतिक्रिया