क्रान्तिकारी कम्युनिष्ट पार्टी ७ न. प्रदेशको फेसवुक पेज सञ्चालनमा

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ २० २०:१० बजे

धनगढी। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(मशाल) विच ७ न. प्रदेश स्तरिय एकता अधिवेशन वाट निर्वाचित प्रदेश कमिटीले पार्टीको नाम वाट एक फेसवुक पेज अस्ति देखि सञ्चालनमा ल्याएका छन।

फेसवुक पेज मार्फत पार्टीका गधिविधि , वक्तव्य, निति कार्यक्रम, राजनितिक दस्तावेज, लेख रचना ,विधान र  धारणहरु, कार्यक्रमका अडियो, भिडियो तथा फुटेजहरु सार्वजनिक गरीने कुरा सो पार्टीका नेता रामवहादुर महरा (चेतन)ले वताएका छन।

अहिलेको विज्ञान प्रविधिलाई उपयोग गर्दै ७ न. प्रदेश अन्तर्गतका पार्टी, जनवर्गिय सँगठन,पेशा तथा व्यवशायिक सँगठनहरुका गधिविधिहरु देश विदेशमा रहेको पार्टी सदस्य,समर्थक शुभ चिन्तकहरु तथा जनता समक्ष पुर्याउन सहजहुने कुरा नेता महराले वताएका छन। 

उहाँले अगाडी भन्नु भयो- ७ न. प्रदेशमा करिव ३० लाख जनसँख्या रहेको छन।यिनिहरु मध्ये  विदेशमा पनि ठुलो जनसँख्या रहेकोले विश्वको जनुसुकै कुनामा रहेका नेपालीहरुले यो फेसवुक पेजलाई फ्लो गर्न सक्ने छन। यस पेजमा वढी भन्दा वढी जनता लाई जोडिन अनुरोध गरेकाछन। लाखौ लाख जनता समक्ष यस पेजका माध्यमले पार्टीका विचार पुर्याउन सहज हुने छ।जनताले गरेका लाइक कमेण्ट सेयरका आधारमा पार्टीको कुन निति तथा कार्यक्रम जनताले कसरी लिए भन्ने कुराको समिक्षा समेत गर्न मिल्ने कुरा नेता महराले वताएका छन।

फेसवुक फ्लो गर्नका लागी यहाँ क्लिक गर्नुहोस्

 


२०८१ ज्येष्ठ २० २०:१० बजे

प्रतिक्रिया