नवलपरासीमा एकता अधिवेशन सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ १९ ०७:२७ बजे

वुटवल।  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी  (मशाल ) नवलपरासीको एकता अधिवेशन  सम्पन्न भएको छ ।२०८१ जेठ १८ गते सम्पन्न अधिवेशनले समरको संयोजकत्वमा ३९ सदस्यीय जिल्ला संगठन समिति चयन गरेको छ ।  समरको अध्यक्षता , श्रमिकको संचालन र मिलनको स्वागत मन्तव्य रहेको एकता अधिवेशनको प्रमुख अतिथि पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सहसंयोजक कमरेड समीर , सचिवालय सदस्य कमरेड समर ,  सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज तिलक थापा , नवलपरासी  इन्चार्ज संकल्प लगायतले  पार्टी एकताको आवश्यकता र औचित्यता विषयमा आफ्नो मन्तव्य राखेका थिए ।


२०८१ ज्येष्ठ १९ ०७:२७ बजे

प्रतिक्रिया