२३ औं इच्छुक स्मृति दिवस सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ १३ १८:३७ बजे

काठमाडौं । कवि, साहित्यकार तथा पत्रकार कृष्णसेन इच्छुकको २३ औं स्मृति दिवसमा आज प्रभातफेरि कार्यक्रम सम्पन्न गरिएको छ । रत्नपार्क शान्तिबाट सुरु भएको प्रभातफेरि पुरानो बसपार्क हुँदै प्रदर्शनीमार्गस्थित पुलिस क्लव अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

अखिल नेपाल जनसांस्कृतिक महासंघ, क्रान्तिकारी प्रेस संगठन र जनपत्रकार संगठनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको अध्यक्षता महासंघका संयोजक हिरामणि दुःखीले गर्नुभएको थियो भने सञ्चालन महासंघका महासचिव कुशल बोगटीले गर्नुभएको थियो ।

कार्यक्रममा हिरामणि दुःखी, क्रान्तिकारी प्रेस संगठनका सहसंयोजक नारायण पंगेनी, जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विक, प्रगतिशील पत्रकार संगठनका पूर्व अध्यक्ष नारायण शर्मा, श्रमिक पत्रकार संघका अध्यक्ष जन्मदेवी जैसीले पत्रकार कृष्णसेन इच्छुकका हत्यारालाई कारबाही गर्न जोडदार माग गर्नुभएको थियो ।

उहाँहरुले महान सहिद कृष्णसेन इच्छुकले देखाएको बाटोमा निरन्तर रुपमा हिडिरहने र प्रतिक्रियावादी व्यवस्थाका विरुद्ध निरन्तर अवाज उठाइरहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष कवि मित्रलाल पंज्ञानी, कवि गौरी देवकोटाले इच्छुकको सम्झनामा कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेत्रविक्रम चन्द विप्लव निकट जनसांस्कृतिककर्मीहरु, पत्रकारहरु तथा राजनीतिक नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो

कार्यक्रममा ‘इच्छुकका हत्याराहरुलाई कारबाही गर, वेपत्ता पत्रकारहरुको स्थिति सार्वजनिक गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर, पत्रकारको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेन्टी गर, स्वरोजगार तथा साना लगानीका मिडियाहरुको सम्बद्र्धन गर, प्रेस विरोधी कानूनहरुको खारेजी गर, सम्पूर्ण श्रमजीवी तथा जनपक्षीय पत्रकारहरु एक होऔं, वीरसहिदहरु लालसलाम’ लेखिएका प्लेकार्डहरु प्रदर्शन


२०८१ ज्येष्ठ १३ १८:३७ बजे

प्रतिक्रिया