क्रान्तिकारी कम्युनिष्ट पार्टीको ७ न. प्रदेशको एकता अधिवेशन सम्पन्न

वयालिस सालको फुट आवश्यक थिएन-सन्तवहादुर नेपाली

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ ११ ०६:४९ बजे
धनगढीको पत्रकार सम्मेलनमा कुरा राख्दै सह सयोजक सन्तवहादुर नेपाली

धनगढी।क्रान्तिकारी कम्युनिष्ट पार्टी  नेपालको ७ न. प्रदेश एकता अधिवेशन जेष्ठ ९ गते सम्पन्न भएको  पार्टीका प्रदेश सँयोजक राम वहादुर चौधरीले हिजो  एक पत्रकार सम्मेलन गरि जनाएको छन।

पत्रकार सम्मेलनमा प्रेशित वक्तव्यमा भनिएको छ नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिपन्थी सँशोधनवादीहरुको वाहुल्यता रहेको विद्यमान अवस्थामा क्रान्तिकारीहरुको एकिकरण तथा धुव्रिकरणहुनु  आजको ऐतिहासिक आबश्यकता हो। त्यस सिलसिलामा नेकपा(क्रान्तिकारी_माओवादी),नेकपा(मशाल)र नेकपा (वहुमत) पार्टीहरु विच विगत एकडेढ वर्ष देखि त्रिपक्षीय छलफल वार्ता भइरहेको अवस्थामा नेकपा(क्रान्तिकारी- माओवादी) र नेकपा(वहुमत)विच २०८० वैशाख १८ मे दिवशको सन्दर्भमा पार्टी एकता घोषणा भइ क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपाल निर्माण भएको थियो।  यसैको निरन्ततामा  क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र नेकपा मशाल) विच  २०८१ वैशाख महिनाको  १९ गते मे दिवशको सन्दर्भमा पार्टी एकता सम्पन्न भएको थियो।यो एकताले क्रान्तिकारीहरु विचको एकता र धुव्रिकरण लाई अझ वृहत वनाउन सकल्पवध्द रहेको छ। यस पार्टी एकताले नेपाली क्रान्तिको गहनतमः कार्यभार लाई पुरा गर्ने छ भन्ने आशा र विश्वास प्रकट गर्दछौ वक्तव्यमा भनिएको छ।

वक्तव्यमा अगाडी भनिएको छ केन्द्रीय स्तरमा एकता अधिवेशन सम्पन्न पश्चात देशभरीका सात वटै प्रदेश कमिटीहरुका एकता प्रक्रिया वैशाख ५ गते देखि १० गते सम्म सम्पन्न गर्ने कार्यक्रम अन्तर्गत  प्रदेश  न. ७ मा यहि वैशाख ९ गते एकता अधिवेशन सम्पन्न भएको छ। कार्यक्रमको उदघाटन क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालका केन्द्रीय सहसँयोजक एव कार्ययक्रका प्रमुख अथिती सन्तवहादुर नेपालीले गर्नुभएको थियो।  प्रदेश न .७ को प्रदेश सँगठन समितिमा  दुइ पार्टीका प्रतिनिधिहरु सम्मिलित प्यानल प्रस्ताव कार्यालय सदस्य एव ७ न.इञ्चार्ज लाल वहादुर जाग्रीले पेश गरे पछि सहभागी प्रतिनिधिहरुले प्रदेश सँगठन समितिको प्यानल प्रस्ताव  अनुमोदन गरेको थिए।प्रदेश न. ७ को एकता अधिवेशनले एक सय नौ जनाको प्रदेश सँगठन  समिति गठन गरेको छ। जस्मा राम वहादुर थारु  सँयोजक, रामवहादुर के.सी.  सहसँयोजक रहनु भएको छ।

एकता अधिवेशन कार्यक्रमका प्रमुख अथिती क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सह- सँयोजक सन्तवहादुर नेपाली अथितिहरुमा केन्द्रीय कार्यालय सदस्य गुणराज लोहनी,  केन्द्रीय कार्यालय सदस्य एव ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्री ,  डि.डी. पाण्डे ,सल्लाहकार सदस्यहरु डम्वर विष्ट ,धर्म नेगी , कैलास जोशी,सि.पि. जोशी,धरणिधर नाथ समेत   रहनु भएको वक्तव्यमा उल्लेख गरेका छन।

कार्यक्रमका  प्रमुख अथिती सन्तवहादुर नेपालीले पार्टी एकताको आवश्यकता र समसामयिक विषयमा धारणा राख्नु भयो। नवनिर्वाचित समितिलाई अथितीहरु  गुणराज लोहनी, लालवहदुर जाग्री, डि.डी. पाण्डे,  डम्वर विष्टले पनि वधाइ तथा शुभकामना  दिनु भएको जनाएको छ।

कार्यक्रमको अध्यक्षता रामवहादुर थारु , सञ्चालन  राम वहादुर के.सी.  र स्वागत भाषण  महाधिवेशन आयोजक समिति सदस्य धन वहादुर वोहराले गर्नुभएको थियो।कार्यक्रममा ज्ञातअज्ञात शहिदको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रमको विच-विचमा सामना परिवारका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। एकता अधिवेशनमा ७ न.प्रदेशका सवै जिल्लाका प्रतिनिधिहरुको  सहभागीता रहेको थियो।कार्यक्रमको समापन अध्यक्ष  रामवहादुर थारुले गर्नु भएको ७ न. प्रदेश सँगठन समिति सँयोजक रामवहादुर थारु जारी वक्तव्यमा जनाएको छ।




                                                              

 




 


२०८१ ज्येष्ठ ११ ०६:४९ बजे

प्रतिक्रिया