क्रान्तिकारी कम्युनिष्ट पार्टीको ६ न. प्रदेशमा एकता अधिवेशन सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ ९ ०६:२९ बजे

सुर्खेत। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ६ न. प्रदेशका सँयोजक पहलवहादुर रावल सँगमले हिजो एक वक्तव्य प्रकाशित गरेका छन। वक्तव्यमा भनिएको छ- नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिपन्थि सँशोधनवादीहरुको वाहुलेता रहेको विधमान अवस्थामा क्रान्तिकारीहरु एकिकरण तथा धुव्रिकरणहुनु ऐतिहासिक आबश्यकता हो। त्यस सिलिसलामा नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(मशाल),नेकपा (वहुमत) पार्टीहरु विगत एकडेढ वर्ष देखि त्रिपक्षिय छफफल वार्ता भइ रहेको अवस्थामा नेकपा( क्रान्तिकारी- माओवादी) र नेकपा(वहुमत)विच २०८० वैशाख १८ मे दिवशको सन्दर्भमा पार्टी एकता घोषण भइ क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण भएको थियो।  यसैको निरन्ततामा  क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा (मशाल) सँग  २०८१ वैशाख महिनाको  १९ गते मे दिवशको सन्दर्भमा पार्टी एकता सम्पन्न भएको छ।यो एकताले क्रान्तिकारीहरु विचको एकता र धुव्रिकरण लाई अझ वृहत वनाउन सँकल्पवध्द रहेको छ।नेपाली क्रन्तिको गहनतमः कार्यभार लाई पुरा गर्ने छ भन्ने आशा र विश्वास प्रकट गरेका छन।

वक्तव्यमा अगाडी भनिएको छ-  केन्द्रिय स्तरमा एकता अधिवेशन सम्पन्न पश्चात देशभरीका सात वटै प्रदेश कमिटीहरुका एकता प्रक्रिया वैशाख ५ गते देखि १० गते सम्म सम्पन्न गर्ने कार्यक्रम अन्तगत  प्रदेश  न. ६ मा यहि वैशाख ७ गते एकता अधिवेशन सम्पन्न भएको छ। कार्यक्रममा दिपक वहादुर शाहीले पार्टीको राजनितिक तथा विधान वाचन गरेर सुनाए पछि सहभागी प्रतिनिधिहरुले अनुमोदन गरेका थिए भन्ने प्रदेश न.६ को प्रदेश सँगठन समितिको  दुइ पार्टीका प्रतिनिधिहरु सम्मिलित प्यानल प्रस्ताव उदय चलाउने पेश गरे पछि सहभागी प्रतिनिधिहरुले प्रदेश सँगठन समितिको प्यानल प्रस्ताव  अनुमोदन गरेको थियो।प्रदेश न। ६ को एकता अधिवेशनले एक सय एघार जनाको प्रदेश कमिटी गठन गरेको छ। जस्मा पहलवहादुर रावल सँगम सँयोजक,दिपक वहादुर शाही प्रकाशउर्जा ,प्रेम वहादुर चलाउने अनन्त,वलाराम सुनार हिमाल सहसँयोजकहरु रहेका छन।

एकता अधिवेशन कार्यक्रमका प्रमुख अथिति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सह- सँयोजक सन्तवहादुर नेपाली अशिम अथितिहरुमा केन्द्रिय कार्यालय सदस्य एव ६ न. प्रदेशका इञ्चार्ज प्रेम सुवेदी प्रमोद, केन्द्रिय कार्यालय सदस्य उदय चलाउने दिपक, केन्द्रिय कार्यालय सदस्य एव ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्री प्रतिविम्व ,सल्लाहकार सदस्य जयवहादुर शाही प्रशिध्द,ऋशिराम थारु किरण, कमला खड्का कर्नाली रहनु भएको वक्तव्यमा उल्लेख गरेका छन।

नयाँ निर्वाचित कमिटीलाई वधाइ तथा शुभकामना दिदै प्रमुख अथिति सन्तवहादुर नेपाली पार्टी एकताका आवश्यता र समसामयिक विषयमा धारणा राख्नु भयो। नवनिर्वाचित समिति लाई अथितिहरु प्रेम सुवेदी ,उदय चलाउने, लालवहदुर जाग्रीले पनि वधाइ तथा शुभकामना वक्तव्य दिनु भएको थियो। कार्यक्रमको अध्यक्षता पहलवहादुर रावल सँगम, सञ्चालन दिपक शाही प्रकाशउर्जा र स्वागत भाषण गुणनिधि आर्चायले गर्नुभएको थियो। एकता अधिवेशनमा ६ न।प्रदेशका सवै जिल्लाका प्रतिनिधि  सहभागी भएका थिए।कार्यक्रमको समापन अध्यक्षता गरिरहेको पहलवहादुर रावलले गर्नु भएको वक्तव्यमा जनाएको छ।

                                   

२०८१ ज्येष्ठ ९ ०६:२९ बजे

प्रतिक्रिया