काठमाडौं । माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै घोषणापत्रमा लिएर चुनावमा जाने भएका छन् । यि दुइृ पार्टीहरु बिच एउटै घोषणा पत्रमा चुनावमा जाने सहमती भए को हो ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चुनावमा एउटै घोषणापत्र लिएर जाने र चुनावपछि पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको भएको बताएका छन् ।
एकीकृत समाजवादीले यसअघि नै एकता समायोजन समिति बनाउने निर्णय गरेको थियो । प्रचण्डले पनि एकीकृत समाजवादीसँग पार्टी एकताका लागि समिति बन्ने बताएका थिए ।
प्रतिक्रिया