शहिद टंक भुसालको ४२औ स्मृति दिवस सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ २ १९:४५ बजे

अर्धाखाँची। ने. क. पा. (मशाल) जिल्ला समिति अर्घाखाँचीको आयोजनामा शहिद टंक भुसालको ४२औ स्मृति दिवस सन्धिखर्कमा सम्पन्न भएको छ।४२औ स्मृति दिवस कार्यक्रममा अखिल नेपाल किसान महासंघ केन्द्रिय उपाध्यक्ष कृष्ण केसी शहिद टंक भुसालकी धर्मपत्नी सरस्वति भुसाल,अखिल नेपाल युवक संघ केन्द्रिय उपाध्यक्ष राजेन्द्र नेपाली,किसान संघ जिल्ला अध्यक्ष बुद्दि गैरे,अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य मिना केसी र जिल्ला सदस्य मजन्ता नेपाली लगाएतले शहिद टंक भूसालको फोटोमा माल्यार्पण गर्दै १ मिनेट मौनधारण गर्नुभएको थियो। 

 साथै सहभागीहरुले शहिद टँक भुसालको योगदान वार चर्चा गरेका थियो । कार्यक्रम वामपन्थी बुध्दिजिवि पिताम्वर भट्टराइको अध्यक्षता,ने. क. पा.( मशाल) जिल्ला प्रवक्ता कमल भुसालको सन्चालनर खिमराज भट्टराइले स्वागत भाषण गर्नुभएको थियो ।


२०८१ ज्येष्ठ २ १९:४५ बजे

प्रतिक्रिया