गिरिको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भयो आजको प्रतिनिधि सभा बैठक
गिरिको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भयो आजको प्रतिनिधि सभा बैठक
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधन भएकोमा शोक प्रस्ताव पारि स्थगित भएको छ ।
कांग्रेस नेता गिरिको शनिबार बेलुकी निधन भएको थियो। उनको आइतबार अन्त्येष्टि गरिएको थियो।सोमबार बसेको प्रतिनिधि सभा बैठकमा गिरिको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित भएको हो।
प्रतिनिधि सभाको अर्को बैठक मंगलबार बिहान १० बजे बस्नेछ।साथै गिरिको निधनमा राष्ट्रिय सभा बैठकबाट पनि शोक प्रस्ताव पारित भएको छ।
प्रतिक्रिया