अध्यक्ष द्धोय प्रचण्ड र नेपाल बिच पार्टी एकताका विषयमा छलफल

अध्यक्ष द्धोय प्रचण्ड र नेपाल बिच पार्टी एकताका विषयमा छलफल

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ६ १४:११ बजे
प्रचण्ड र नेपाल

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताका  विषयका छलफल भएको छ । सोमबार बिहान हात्तिवनस्थित एउटा  अध्यक्ष नेपाल र प्रचण्ड बिच कुराकानी  भएको हो । 

छलफलमा प्रचण्डसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए। छलफल आगामी दिनमा हुनसक्ने पार्टी एकताका विषयमा केन्द्रीत थियो। बैठकमा संयोजन समिति र चुनावी घोषणापत्रका विषयमा छलफल भएको एक नेताले जानकारी दिए।

बैठकले बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि छलफल गरेको थियो। सत्तारूढ दलभित्र सिट बाँडफाँटको तयारी भइरहेको छ। यसैका लागि आज सत्तारूढ दलको बैठक पनि बस्दै छ ।  

नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताका लागि संयोजन समिति बनाउनेसमेत निर्णय भइसकेको थियो ।  

२०७९ भदौ ६ १४:११ बजे

प्रतिक्रिया