क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको घोषण सभा सम्पन्न

मोहन वैध्य किरण सँयोजक सन्तवहादुर नेपाली र धर्मेन्द्र वस्तोला सहसँयोजक

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख २० ०७:४४ बजे

काठमाण्डौ। हिजो वैशाख १९ गते अन्तराष्टिय  १३५औ मजदुर दिवशको सन्दर्भमा नेकपा(मशाल) र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल विच पार्टी एकताको घोषण सभा काठमाण्डौको ओमसाई पार्टी क्याटरिनको सभाहलमा सम्पन्न भएको छ।

एकता अधिवेशनले मोहन वैध्य किरण सँयोजक सन्तवहादुर नेपाली र धर्मेन्द्र वास्तोला लाई सहसँयोजक निर्वाचित गरेको छ। अधिवेशन वाट २५ जनाको कार्यालय १०४ जनाको सचिवालय र ३२१ को महाधिवेशन आयोजक कमिटी निर्वाचित गरेको जनाएको छ।

१३५ औं मजदुर दिवसको अवसर पारेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच एकता भएर बनेको नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको घोषणा  सभालाई पार्टीका बरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’, सहसंयोजकद्वय धर्मेन्द्र बास्तोला कञ्चन, सन्तबहादुर नेपाली, पार्टीका सल्लाहकारद्वय इश्वरी दाहाल ‘असारे काका’, गोविन्द सिंह थापा ‘मामा’, पार्टीका कार्यालय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक दिनेश शर्मा ‘सागर’, गुणनिधि आचार्य लगायतका नेताहरुले विशेष सम्बोधन गर्नुभएको थियो । 

कार्यक्रमको अध्यक्षता सिपि गजुरेल सञ्चलान हेमन्त प्रशाद ओली स्वागत कृष्ण पौडलले गर्नु भएको थियो। घोषण सभा कार्यक्रमको विच-विचमा  रक्तिम साँस्कृतिक अभियान र सामना परिवारका कलाकारहरुले क्रान्तिकारी गित र नृत्यको प्रस्तुति गरेका थिए। यहि सन्दर्भमा सँयोजक किरणले एक वक्तव्य जारी गरी सवै क्रान्तिकारी व्यक्ति व्यक्तित्व समुह एकता भएर जनवादी क्रान्तिको कार्यभार पुरा गर्दै समाजवादमा जानु पर्ने वताएको छन। वक्तव्यको पुर्णपाठ तल रहेको


                                                                                                                                  

 

२०८१ वैशाख २० ०७:४४ बजे

प्रतिक्रिया