नेकपा(मशाल) र क्रान्तिकारी कम्युनिष्ट पार्टीको एकता अधिवेशन सम्पन्न

एकता एकताका लागी होइन क्रान्तिका लागी हो- कमरेड किरण

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख १८ २०:१० बजे

काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी (मशाल) र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल विच आज पार्टी एकता अधिवेशन सम्पन्न भएको छ।

एकता अधिवेशनको शुभकामना मन्तव्य दिदै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैध्य (किरण)ले  आज नेपालको इतिहासमा खुशि र गौरवको दिन हो। नेपालको वामपन्थि आन्दोलनमा दक्षिणपन्थी अवसरवादीहरु हावी भइरहेको अवस्थामा क्रान्तिकारीहरु विचको पार्टी एकताले दक्षिणपन्थीहरु र अवसरवादीहरु लाई ठुलो धक्का पुगेको छ। अन्य क्रान्तिकारीहरु लाई पनि गोलवन्द गर्दै जानुपर्छ उहाँले वताउनु भयो।

हामीले केहि मतभेदका विच पार्टी एकता गरेका छौ। अन्तविरोध परिवार ,समाज, पार्टी सवै तिर हुन्छ ।यस लाई हामी एकता सँघर्ष रुपान्तरणका विधि वाट हल गर्ने छौ।  एकता एकताका लागी मात्र होइन क्रान्तिका लागी हो। एकताले नयाँ जनवादी क्रान्तिको  आधार तयार पारेको छ  । जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादमा जाने हो उहाँले भन्नु भयो।

नेकपा (मशाल)का महासचिव सन्त वहादुर नेपालले शुभकामना मन्तव्य दिदै  आजको परिस्थिति र आवश्यकता क्रान्तिकारीहरु विच एकता हो।४० वर्ष अगाडी टुटेको कडी लाई पुनः करिव ४० वर्ष पछि एउटै पार्टीमा गोलवन्द भएका छौ उहाँले भन्नुभयो।नेपालको वामपन्थि आन्दोलन टुटफुट विभाजनले कमजोर  भएको हुदा फुटको इतिहास आजै अन्त्य गरेर एकता, जुट र सहकार्यको अध्याय  शुरु गरेका छौ उहाँले वताउनु भयो। अन्य वामपन्थि व्यक्ति ,व्यक्तित्व, समुहहरु लाई पनि एकताको झण्डामुनी गोलवध्द गर्नु पर्दछ उहाँले भन्नुभयो।

क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र वास्तोलाले शुभकामना मन्तव्य दिर्दै यो पार्टी एकताले क्रान्तिकारी आन्दोलन लाई सफल पार्न सक्ने छ।यो दुइ पार्टी विचको एकता मात्र नभएर  नेपाली श्रमजिवि शोषित पिडित जनता विचको एकता  पनि भएको वताउनु भयो।

कार्यक्रमको अध्यक्षता सि.पि. गजुरेलले, सञ्चालन कृष्ण पौडेलले, स्वागत रामसिह श्रीसले गर्नु भएको थियो। क्रार्यक्रममा सल्लाहकार समितिका गोविन्द्र थापा,असारे काका,कमल चौधरी,पिताम्वर भट्टराइ र पार्टी एकता सँयोजन समितिका लाल वहादुर जाग्री ,चिन्तामणि पौडेल,शशिधर भण्डारी,कृष्ण  केसी, इन्द्रमोहन सिग्देल,राम वहादुर वुढा,हेमन्त प्रशाद ओली, उदय चलाउने (दिपक),हरिभक्त कडेल लाई मञ्चमा आसन ग्रहरण गराएका थिए।

कार्यक्रममा रक्तिम सास्कृतिक अभियानका कलाकार उदय रिजाल, नारायण शर्मा समेतले गित- सँगित प्रस्तुत गरेका थिए। कार्यक्रमको अध्यक्षता गरिरहेका  सिपि गजुरेलले कार्यक्रमको समापन गर्नुभएका थियो।




२०८१ वैशाख १८ २०:१० बजे

प्रतिक्रिया