प्रवासी नेपालीको नजरमा देशको अवस्था

यातायातमा मनपरितंत्रछ जसवाट जति सक्यो भाडा असुल्ने काम भएकोछ। चाडबाडको बेला यात्रीहरुलाई असुबिधा दिने, सिटमा मान्छेहरु भरिएपनि भेडाबाख्राझै ठेल्दै जाने गाडीको क्षमता भन्दा बढि मान्छे हालेर यात्रुहरुलाई धेरै दुःखदिने काम भएकाछन।

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख १३ २०:११ बजे
राम सिह

हाम्रो देशको अवस्था अत्यन्तै कहालीलाग्दो छ नत रोजगारी छ न शिक्षा छ न कुनै व्यवस्था छ । शिक्षाको कुरा गर्ने हो भने भरखरै कक्षा आठको रिजल्ट आएको थियो त्यसमा धेरै स्कुलमा एउटा बिध्यार्थीहरु पनि पास भएन  कक्षा आठको परिक्षाको परिणाम सुन्य रहन गयो। अब बिध्यार्थीको भबिश्य के हुन्छ ? यस्को जिम्मा कस्ले लिने ?  कुनै जवाफ देहि र जिम्मेवार निकाय छैन ।

प्राकृतिक स्रोतको धनि एव सौन्द्रर्यले भरिपुर्ण मेरो देश दलाल संसदीय व्यवस्थाका कारण देशमा कानुनको कार्यान्वयन गरि सुशासन भएको छैन । यातायातमा मनपरितंत्रछ जसवाट जति सक्यो भाडा असुल्ने काम भएकोछ। चाडबाडको बेला यात्रीहरुलाई असुबिधा दिने ,सिटमा मान्छेहरु भरिएपनि भेडाबाख्रा झै ठेल्दै जाने गाडीको क्षमता भन्दा बढि मान्छे हालेर यात्रुहरुलाई धेरै दुःखदिने काम भएकाछन। हामी प्रवासी नेपालीहरुको मान्यता केछ भने हाम्रो देशमा रोजगारी नपाएर प्रवासीन बाध्य भएकाछौ।

हामी के सोचि रहेका थियो भने धेरै साना मुलुकहरु अहिले बिकसित हुँदै गएकाले हाम्रो देश हिमाल  पहाडी र तराईको भुवनाउट  भएकोले केहि न केही बिकास भएको होला।  हाम्रो देश पानिको धनि छ भनेर विश्वा सामु चिनाउन चाहेकाछौ र ब्राजिल पनि दोस्रो नम्वरमा रहेको  मानिन्छ। नेपालमा पानिका हजारौ नदिहरु हिमालवाट बगिरहेका छन लाखै मुहानहरु छन पानिका तर गाउँघरका जनताले पेटभरि पानी खान पाएका छैन्न। प्रकृतिले दिएको वर्दान भनेर दिएको हाम्रो देश बिदेशिले गिद्दे नजरले हेरि रहेकोछ।  हामी नेपाली जनताको एकताले दुश्मनहरुले  देशलाई केही गर्न सकेका छैन। त्यसकारण हामी प्रवासमा बस्ने नेपालीहरु हाम्रो देशमा फर्किनु पर्दछ। हाम्रा छोराछोरीलाई  हाम्रो देशमा बस्ने ब्यवस्था मिलाउन पर्दछ भनेर बेलामौकामा हामी प्रवासी नेपालीहरु स्वदेश आएर सरकार सँग आफ्ना समस्या राख्ने गरेका छौ तर दुःखको साथ भन्नू परेकोछ यता केही पनि परिवर्तन भएको देखिएको छैन नत बाटोघाटो नत पुलपुलैया कहिकतै राम्रो भएको छैन। बरु भ्रष्टाचार बढेको छ महङ्गि बढेको छ सामान्य परिवार पाल्न समस्या छ किनभने देशमा रोजगारी छैन जमिनको भाउले आकाश छोएको छ एयपोटमा हजारौ किलो सुन तस्करी गरेर भित्रिएका कारण  सुनको भाउ बार हजार ग्राम भन्दा बढिछ यसरी समग्रमा भन्नू पर्दा यो दलाल संसदीय व्यवस्थाले नेपाली जनताको ढाँडसेकेकोछ।

संसद भवनमा ठुलाठुला गफ गरेर नेपाली जनता लाई बेकुफ बनाउने कामभएको छ। त्यसकारण हामी प्रावासी नेपालीहरुले राम्रोसँग सोच्ने बेला आएको छ। हामीले पठाएको पैसाबाट देशको अर्थतन्त्रमा टेवापुगेको छ भने हामी स्वदेश आउने बेला सिमाना नाकामा सास्ती बेहोर्नु परेको छ। यातायातमा सास्ती बेहोर्नु परेकोछ ।सामान्य दालभातको दुईसय पचास रुपिया दिनुपरेको छ। साथीहरू यो समस्या एउटा प्रवासी नेपालीको मात्र नभएर आम नेपाली जनताहरुको हो यता मिशन चौरासि भनेर हामी सिदासादा नेपालीहरुलाई फेरि झुक्याउने काम सुरु भएको छ ।जुनदेशमा साठी प्रतिशत भन्दाबढि  जनता वामपन्थी पार्टी सँग सरोकार राख्ने  छन। त्यस देशका जनताले यो दुरदसा बेहोर्नु परेको छ।

त्यसैले सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु एक ठाउँमा आउने बेला भएको छ। जहाँ साम्राज्यवादीहरु एक ठाउँमा आउन सक्छन। प्रतिक्रियावादीहरु एक ठाउँमा आउन सक्छन भने सच्चा क्रान्तिकारीहरु एक ठाउँमा किन आउन सक्दैनन? यो अत्यन्तै आवश्यक पनि छ। सम्मान बिचार भएका कम्युनिस्ट पार्टीहरु एकताबद्ध भएर अगाडि बढनु पर्ने बेला आएको छ तर एउटा कुरामा भने हामी चनाखो हुन जरुरीछ त्यो के हो भने कम्युनिस्ट पार्टीका नाम दक्षिणपन्थी अवसरवादी र संशोधनवादीहरु देखि सतर्कता अपनाउन जरुरीछ किनकि उनिहरु आफुलाई एक नम्वरको कम्युनिस्ट भनेर भ्रम फैलाउदै गएका छन त्यसकारण सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु एकठाउँमा उभिएर यो देशको मुहार फेर्नु पर्छ। यो दलाल संसदीय व्यवस्थालाई जरैदेखि उखेर फाल्नुको बिकल्प छैन ।



२०८१ वैशाख १३ २०:११ बजे

प्रतिक्रिया