नेकपा (मशाल) र क्रान्तिकारी कम्युनिष्ट पार्टी विच यहि १९ गते मे दिवशको सन्दर्भमा ऐतिहासिक पार्टी एकताको घोषणा

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख १३ १९:०३ बजे

काठमाण्डौ।   क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ र नेपाल कम्युनिस्ट पार्टी (मशाल)का महासचिव सन्त बहादुर नेपालीले आज एक संयुक्त प्रेस–वक्तव्य मार्फत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)बीचको पार्टी एकता गर्ने लामो समयदेखि पार्टी एकताका लागि चलिरहेको वार्ता प्रक्रियालाई अव यही २०८१ वैशाख १९ गते ऐतिहासिक मे दिवसका सन्दर्भमा पार्टी एकताको घोषणा गर्ने  जानकारी दिइएको छन ।

वक्रव्यमा यो अवसरमा विश्वका र नेपालका शोषित उत्पीडित जनसमुदायमा खुसी व्यक्त गर्दै साथै अन्य क्रान्तिकारी व्यक्तित्व, समूह र पार्टीलाई एकता प्रक्रियामा अबद्धता र योगदानका लागि विशेष अपीलसमेत गरिएको छ । यि दुइ पार्टी विचको एकताले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन लाइ थप उचाइमा पुर्याउने विश्वास  गरिएको छ।


 
२०८१ वैशाख १३ १९:०३ बजे

प्रतिक्रिया