राष्ट्रपतिको दौडमा म छैन

राष्ट्रपतिको दौडमा म छैन

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ६ १२:१५ बजे
झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू राष्ट्रपतिको दौडमा नरहेको  स्पष्ट पारेका छन् ।  

 पार्टी प्रशिक्षणका क्रममा गुल्मी पुगेका खनालले देश र पार्टीको आवश्यकताअनुसारको भूमिका निर्वाह गर्न आफू तयार भएको तर  राष्ट्रपतीको  दौडमा नरहेको  बताएका छन् । 

खनालले आफू सधैँ वाम एकताको पक्षमा रहेको  बताएका छन् ।  उनले  आफु जहिल्यै वाम एकताको पक्षमा बोलेको  बोलेको बताउदै भने ठूला शक्तिहरू नै सकारात्मक छैनन्ए तर एकताको आवश्यकतासँगै बहस र छलफल अगाडि  बढाउनु आवश्यक छ ।

नेता खनालले अहिले जनताले नेतृत्वमा नयाँ अनुहार खोजेको बताएका छन् । उमेरसँगै योग्यता र क्षमता भएका नेता र नेतृत्व आवश्यक रहेको उनले बताए । युवाले पद मात्रै खोज्न बल गरेर नहुने भन्दै उनले आफ्नो क्षमता पनि विकास गरे पहिलो पुस्ता आफै विस्थापित भएर जाने बताएका छन् । 

२०७९ भदौ ६ १२:१५ बजे

प्रतिक्रिया