एकीकृत समाजवादीका दीर्घ सोडारी सुदूरपश्चिममा मुख्यमन्त्रीका उम्मेदवार

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख ५ १९:४१ बजे
दीर्धवहादुर सोडारी

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

हिजो सत्ता गठबन्धनमा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ ।अहिले नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।

प्रदेश प्रमुख नजिर मियाँले भोलि बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिनुभएको छ । यसअघि दिएको समयमा नागरिक उन्मुक्ति पार्टीकै दुईजनाले दाबी पेस गरेपछि दुबै पक्षको दाबीका कारण निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रदेश प्रमुख मियाँले पुन मिलिजुली सरकार गठन गर्न समय दिनुभएको हो ।  


२०८१ वैशाख ५ १९:४१ बजे

प्रतिक्रिया