भुमिकास्थान नगरपालिका नगरप्रमुखको किर्ते दस्तखत गरि सिफारिस ,मशालले गर्यो दोषिलाई कार्वाहिको माग

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र २८ २०:१६ बजे
नगरप्रमुख

अर्घाखाँची ।अर्घाखाँचीका जिल्ला को भूमिकास्थान नगरपालिकाको कार्यालयबाट लेटरप्याड, छाप चोरी  नगरप्रमुख झविलाल थापाको किर्ते दस्तखत गरी खानी तथा भूगर्भ विभागलाई विजय सिमेन्ट प्रालिलाई सानडेभा (चरेपानी) क्षेत्रमा चुनढुंगा उत्खनन गर्न अनुमतिका लागी सिफारिस गरेको थियो।  सो घटनाको सत्य तथ्य छानविन गरी दोषि लाई कानुनी कार्वाहि गर्न   नेकपा(मशाल) अर्घाखाचीको  माग गर्नु भएको छ ।

 २०८० चैत्र ५ गते नगर प्रमुख झविलाल थापाले  एक  पत्रकार सम्मेलन गरी २०८० \८\५ मा पठाएको पत्र किर्ते भनी खुलासा गर्दै यो घटनाले  देशभरी सिंगो जिल्ला बदनाम भएको वताएका थिए। करिव एक महिनाको अवधिमा सम्म सरकारी कागज किर्ते गर्ने व्यक्तिलाई कुनै कार्वाहि नभएकोमा उक्त किर्ते प्रकरणमा  सँलग्न जुनसुकै व्यक्ति भए पनि कानुनी कार्वाहि हुने पर्ने कुरा  नेेकपा (मशाल) अर्घाखाचीले  आज एक विज्ञप्ति मार्फत माग गरेको छ।

 विज्ञप्तिमा भनिएको छ  भूमिकास्थान नगर कार्यपालिकाको मिति २०७९ भाद्र  २७ र असोज १४ मा बसेको बैठकले भुमिकास्थान नगरपालिका सानडेभा (चरेपानी) क्षेत्रमा विजय सिमेन्टले चुनढुंगा उत्खनन अनुमतिका लागि गरिएको मागलाई जनस्वास्थ्य, पर्यावरण, खानेपानी भूस्खलन, खेतीयोग्य जमिनमा पर्ने दुस्प्रभावका कारण उत्खनन गर्न नदिने नगरकार्यपालिका निर्णय विपरित  प.सं. ०८०\०८१ च.नं. ५८५ को नगरपालिका प्रमुखको हस्ताक्षर लेटरप्याड, छाप प्रयोग गरी २०८०\८\०५ मा पठाएको नगरपालिकाको पत्रले खानी उत्खनन गर्न मिल्ने भनी गरिएको सिफारिसको पत्र वदर गरी  यस्ता अपराधकर्ममा सँलग्न  दोषीलाई प्रचलित कानुन बमोजिम अविलम्व कार्वाही गरियोस् भनि नेकपा (मशाल)ले जोडदार माग गरेको कुरा जनाएको छन। 


२०८० चैत्र २८ २०:१६ बजे

प्रतिक्रिया