चितवनमा किसान र महिलाका जिल्ला समिति गठन

चितवनमा किसान महिलाको भेला गरेर मशालले चैत्र २४ जनआन्दोलन दिवशको सम्झना गर्यो

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र २५ ०७:२० बजे

चितवन। नेपाल कम्युनिस्ट पार्टी (मशाल) जिल्ला समिति चितवनले हिजो चैत्र २४ गते जनआन्दोलन दिवस मनाएको छ। उक्त अवसरमा अखिल नेपाल महिला संघ र अखिल नेपाल किसान सङ्घको जिल्ला भेला समेत सम्पन्न गरेको छ। 

कार्यक्रमको अध्यक्षता कुलप्रसाद रिजालले गर्नुभएको थियो भने सञ्चालन नेपाल कम्युनिस्ट पार्टी (मशाल)का जिल्ला प्रवक्ता कमल गिरीले गर्नुभएको थियो। उपस्थित सहभागीहरुलाई कल्पना क्षेत्रीले स्वागत गर्नुभएको थियो। 

शहीदहरूप्रति एक मिनेट मौन धारणबाट सुरु भएको कार्यक्रममा वामपन्थी नेता विमल शर्माले जनआन्दोलनको विषय, किसान र महिला सङ्घको भेला को औचित्यता बारे बताउनुभएको थियो। 

त्यसपछि कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (मशाल)का केन्द्रीय प्रवक्ता रामबहादुर बुढाले जनआन्दोलनको इतिहास, किसान र महिलाहरुका समस्या आदि विषयमा  प्रष्ट पार्ने काम गर्नुभएको थियो।प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएपछि अखिल नेपाल किसान संघको नामावली जिल्ला प्रवक्ताले प्रस्तुत गर्नुभयो। उपस्थित जनसमुह बाट हरिप्रसाद पौडेलको अध्यक्षतामा सात सदस्यीय अखिल नेपाल किसान सङ्घ जिल्ला संगठन समिति चितवनको गठन भएको अनुमोदन भयो ।

त्यसैगरी कल्पना क्षेत्रीको अध्यक्षतामा ५ सदस्यीय अखिल नेपाल महिला सङ्घ जिल्ला भेला आयोजक समिति, चितवन प्रस्ताव गरेपछि उपस्थित जनसमुह बाट अनुमोदन गरिएको छ। 

संयुक्त भेलाबाट गठित समितिलाई अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य गीता सापकोटा, नेपाल कम्युनिस्ट पार्टी (मशाल) जिल्ला समिति नवलपुरका सेक्रेटरी रामप्रसाद सापकोटा र वामपन्थी नेता विमल शर्माले कार्यकालको सफलता सहित बधाई  दिनुभएको थियो ।

अन्त्यमा कार्यक्रमका अध्यक्ष कुलप्रसाद रिजालले जनआन्दोलन दिवस, किसान र महिलाहरूको जिल्ला भेला सफलता पूर्वक सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको कुरा वामपन्थी नेता विमल शर्माले वताउनु भयो।


२०८० चैत्र २५ ०७:२० बजे

प्रतिक्रिया