कांग्रेस नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

कांग्रेस नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ५ १७:४० बजे
प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं ।  प्रतिनिधिसभा सांसद तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ  पशुपती आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

आइतबार दिउँसो पशुपति आर्यघाटमा  गरीको  राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले  बताएका छन् । नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था छ, सोही अनुसार उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको  उनले बताएका छन् । 

गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए । गिरिलाई उनका छोरा सन्तोष, र भतिजाहरु प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागवत्ती दिएका छन् ।

२०७९ भदौ ५ १७:४० बजे

प्रतिक्रिया