चैत्र २४ को ‘जनआन्दोलन दिवस’ क्रान्तिकारी कम्युनिस्ट पार्टीले सातै प्रदेशमा मनाउँदै

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र २१ १६:४७ बजे

काठमाण्डौ।चैत २४ गतेलाई विशेषतः क्रान्तिकारी धाराका कम्युनिस्टहरूले ‘जनआन्दोलन दिवस’का रूपमा मनाउँदै आएका छन् । २०४६ सालको चैत २४ गते तात्कालिन समयको नेपालको इतिहासमै सबैभन्दा ठूलो जनआन्दोन भएको थियो । उक्त दिन पहिलो पटक नेपाल बन्दको आह्वान गरिएको थियो । त्यो आन्दोलनको नेतृत्व ‘संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति’ नामको संयुक्त मोर्चाले गरेको थियो । उक्त मोर्चामा नेपालका क्रान्तिकारी धाराका कम्युनिस्ट पार्टीहरू नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारावादी श्रमिक सङ्गठन र कम्युनिस्ट लिग सामेल थिए । उनीहरू सबैको लक्ष्य र उद्देश्य नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य गरि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु थियो ।

यहि सम्झनामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चैत्र २४ अर्थात् जनआन्दोलन दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । यो पार्टीले यस पटक सातवटै प्रदेशमा विभिन्न कार्यक्रम गरी चैत्र २४ को जनआन्दोलन दिवसलाई एउटा राजनीतिक उत्सवको रुपमा मनाउने तयारी गरेको हो । कोशी प्रदेशको इटहरीमा, लुम्विनी प्रदेशको  भालुवाङमा, गण्डकी प्रदेशको पोखरामा,  वागमती प्रदेशको  काठमाडौंमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको कैलालीमा विशेष कार्यक्रमको आयोजना गरी जनआन्दोलन दिवस मनाउने तयारी गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालयले जनआन्दोलन दिवस मनाउनका लागि सबै पार्टी पंक्तिमा विशेष सर्कुलर जारी गरेको वताइन्छ ।


२०८० चैत्र २१ १६:४७ बजे

प्रतिक्रिया