मशालको आयोजनामा प्युठानमा अन्तक्रिया सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र २० १३:३८ बजे

प्युठान। नेपाल कम्युनिस्ट पार्टी (मशाल) जिल्ला संगठन समिति प्युठानको आयोजनामा यहि चैत्र १९ गते एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको २०८१ बैशाख १० गते ७५ बर्ष पूरा हुदै छ । यसै अवसरमा कम्युनिस्ट पार्टी स्थापना भएको  हिरक वर्ष मनाउने केन्द्रीय कार्यक्रम अनुसार नेपाल कम्युनिस्ट पार्टी (मशाल ) जिल्ला संगठन समितिले वर्तमान संसदीय व्यवस्था र कम्युनिस्ट आन्दोलनको भविष्य बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। ।

कार्यक्रममा नेकपा (मशाल)का केन्द्रीय प्रवक्ता रामबहादुर बुढाले  वर्तमान संसदीय व्यवस्था र कम्युनिस्ट आन्दोलनको भविष्य बिषयक आधार-पत्र प्रस्तुत गर्नुभएको थियो। 

उक्त अन्तरक्रिया कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला इन्चार्ज टिकाराम पौडेल , नेकपा ( एकीकृत समाजवादी ) का जिल्ला अध्यक्ष डा. भोजविक्रम बुढामगर , नेकपा ( माओवादी केन्द्र )लुम्बिनी प्रदेश सदस्य सुन्दरा के सी , नेपाल कम्युनिस्ट पार्टी पुर्वी प्युठानका सेक्रेटरी मुस्कान सी , राष्ट्रिय स्वतन्त्र पार्टी प्युठानका संयोजक सुमन सुवेदी , बामपंथी बुद्धिजीवीहरू  मोहन गिरी , ओमभक्त पण्डित , जगत प्रशाद पोख्रेल , चेत बहादुर बिष्ट र दिन बहादुर जि .सी .ले आधार -पत्रमा   माथि टिप्पणी गर्नुका साथै आ-आफ्नो विचार राख्नु भएको कुरा मशालका नेता जितमित्र सुनारले वताउनु भयो । 

कार्यक्रमको अन्त्यमा वक्ताहरूले उठाएका  विचार जिज्ञासा तथा टिप्पणी माथि प्रवक्ता राम बहादुर बुढाले स्पष्ट पार्नु भएको थियोे । कार्यक्रमको अध्यक्षता नेकपा ( मशाल ) का जिल्ला सचिव वीर बहादुर पुन , स्वागत मन्तव्य जिल्ला प्रवक्ता उभिराम जिएम र कार्यक्रम सञ्चालन जितामित्र सुनारले गर्नुभएको थियो।


२०८० चैत्र २० १३:३८ बजे

प्रतिक्रिया