कला साहित्य र सँस्कृति सम्वन्धि वहस कार्यक्रम सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र १७ २०:२५ बजे

धनगढी। माक्सवादी अध्ययन फाउण्डेसन कैलालीको आयोजनामा आज धनगढीको सोराइ होटलमा  कला साहित्य र सँस्कृतिको प्रभाव र महत्व विषयक वहस कार्यक्रम  सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अथिति नेकपा(माओवादी-केन्द्र)का उपमहासचिव गिरिराजमणि पोखरेल, विशिष्ट अथितिमा नेकपा(एमाले)नेता एव प्रदेश सभा सदस्य धर्मराज पाठक, प्रदेश सभा सदस्य शिवसिह ओली, नेकपा(मशाल)नेता एव अधिवक्ता लाल वहादुर जाग्री, साहित्य समाजका तिर्थराज पाण्डे हुनुहुन्थ्यो।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष केशव नाथ योगीले कला साहित्यको प्रभाव र महत्वको विषयमा कार्यपत्र वाचन गरेर प्रस्तुत गर्नुभयो।फाउण्डेशनका  कोषाध्यक्ष लोकेन्द्र प्रसाद जोशीले सुदूरपश्चिम र हाम्रो सँस्कृतिका विषयमा कार्यपत्र वाचन गरेर प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अथितिले कार्यपत्र वारे आफ्नो धारणा राख्दै यस्ता कार्ययक्रमले प्रगतिशिल कला साहित्य सँस्कृतिमा टेवा पुग्ने यसक्षेत्रका कलाकर्मी लेखक साहित्यकारहरुको ज्ञान क्षमता दक्षतामा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो।विशिष्ट अथिति शिवसिह ओलीले पनि आफ्नो धारणा राख्नु भएको थियो।

कार्यपत्रहरु माथि सहभागी मध्येका तिर्थराज जोशी,युगिन विवेक,गणेश नेपाली,पदम प्रकाश,लछिराम आचार्य,वावुराम आचार्य,कविराज भट्ट, प्रगतिशिल साहित्य सुपका अध्यक्ष रमेश पन्त,सृजन श्री,तिलक सिह,तिर्थराज पाण्डेले आ-आफ्नो टिप्पणी गर्नुभयो।

विशिष्ट अथिति लालवहादुर जाग्रीले प्रगतिशिल सँस्कृति लाई आफ्नो जिवशैली अवलम्वन नगरे सम्म कम्युनिष्ट राजनितिको सँरक्षण र विकास हुन नसक्ने कुरा वताउनु भयो। त्यसैगरी अर्का विशिष्ट अथिति धर्मराज पाठकले माक्सले भने झै कला साहित्यको सृजना श्रम वाट भएको हो। औपचारीक  शिक्षा लिएकाले मात्र साहित्यको सृजना गर्दछन भन्ने कुरा सहि होइन किसान मजदुरले पनि प्रगतिशिल साहित्य कलाको सृजना गर्न सक्छ।मेक्सिगोर्की एक मजदुर थिए उनका रचना विश्वव्यापी प्रख्यात रहेको छन उहाँले भन्नुभयो।

कार्यक्रमको अध्यक्षता केशव नाथ योगी,सँञ्चालन फाउण्डेशनका सदस्य धनिराम आचार्य, स्वागत फाउण्डेशनका उपाध्यक्ष कोपिला शर्माले गर्नु भएको थियो।कार्यक्रमा उठेका टिप्पणीहरु लाई कार्यपत्र प्रस्तोता केशव नाथ योगीले प्रष्ट पार्दै  वहस कार्यक्रमको समापन गर्नुभएको थियो।



२०८० चैत्र १७ २०:२५ बजे

प्रतिक्रिया