नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको हिरक वर्षको सन्दर्भमा सुदूरपश्चिममा मशाल ध्दारा प्रशिक्षण सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र १५ २०:१९ बजे

धनगढी। नेपाल कम्युनिष्ट पार्टी (मशाल)सुदूरपश्चिम प्रदेश व्युरोको आयोजनामा आज चैत्र १५ गते कैलालीको धनगढीमा नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष (हिरक वर्ष)को सन्दर्भमा  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अथिति नेकपा(मशाल)का महासचिव सन्तवहादुर नेपाली, अथितिमा नेकपा(मशाल)का केन्द्रियसदस्य लालवहादुर जाग्री हुनुहुन्थ्यो। महासचिव नेपालीले व्यानर वाचन गरेर कार्यक्रमको उदधाटन गर्नुभयो। नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको सन्दर्भमा हिरक वर्ष वनाउदै गर्दा  नेपालमा ठुलो वामपन्थि जनमत निर्माण भएको र मात्रात्मकरुपमा परिवर्तन भइ सँसदिय गणतत्र आएको छ नेपालीले भन्नुभयो । लोकतात्रिक गणतत्र नेपालमा कम्युनिष्ट पार्टीको स्थापनाको परिणति हो भनि वताउनु भयो।नेपालीले अगाडी भन्नुभयो कम्युनिष्ट  पार्टीको नेतृत्व गरेका केशरजङ्ग राइमाझि राजावादी भए, मदन भण्डारी, प्रचण्ड ,मोहनविक्रम सिँहले दक्षिणपन्थी राजनितिक लाइन लिएका छन। अहिले नेपालको कम्युनिष्ट आन्दोलनमा  सँशोधनवादी तथा दक्षिणपन्थिहरुको दवदवा भए पनि यो लामो समय टिक्ने छैन  उहाँले भन्नु भयो।  नेपालीले अगाडी भन्नुभयो क्रान्तिकारीहरुले मात्र नयाँ जनवादी तथा समाजवादी क्रान्तिको नेतृत्व गरेर क्रान्ति सम्पन्न गर्न सक्नेछन । त्यसैले सवै क्रान्तिकारीहरु एउटै ठाउँमा गोलवन्द हुनु आजको आवश्यकता हो। 

महासचिवले सहभागीहरु लाई  राजनितिक कार्यदिशा, तत्कालीन राजनितिक परिस्थिति, पार्टी एकता र पार्टीका तत्कालिन कार्यक्रमका विषयवस्तुमा प्रशिक्षण दिनुभयो । अर्का अथिति केन्द्रिय सदस्य लाल वहादुर जाग्रीले  समाजको वर्ग -विश्लेषण, राजनितिक पार्टीको विश्लेषण, पार्टी सदस्यता र  सँगठन परिचालन, जनवादी –केन्द्रियताका विषयमा प्रशिक्षण दिनुभएको र  प्रशिक्षणका सहभागीहरुले उठाएको जिज्ञाशा र प्रश्नहरुको प्रष्टता महासचिव नेपालीले पार्नुभएको कुरा डडेल्धुराका प्रवक्ता प्रकाश ऐरले वताउनु भयो। 

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष ( हिरक वर्ष)को सन्दर्भमा आयोजित प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेकपा(मशाल) कैलाली जिल्लाका  जिल्ला सचिव नरेश झुकालले, सञ्चालन तारा प्रशाद धिक्तले, स्वागत भाषण नेकपा(मशाल) डडेल्धुरा जिल्ला प्रवक्ता प्रकाश ऐरले  गर्नुभए कुरा नरेश झुकालले वताउनु भएको छ। कार्यक्रमको समापन प्रशिक्षण कार्यक्रमको अध्यक्षता गरिरहनु भएका नरेश झुकालले गरेका थिए।



२०८० चैत्र १५ २०:१९ बजे

प्रतिक्रिया