नवलपुर,प्यूठान र दाङमा मशालको प्रशिक्षण सम्पन्न अन्य स्थानमा हुदैजाने

नेकपाको स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा हिरक वर्ष मनाउने सन्दर्भमा मशालले गर्यो वैचारिक चेतना उठाउनका लागी देशभरि प्रशिक्षण

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र १४ २०:३६ बजे

 नेकपा (मशाल) नवलपुर ,प्यूठान र दाङले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपाको स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा हिरक वर्ष   मनाउने सन्दर्भमा प्रशिक्षण गर्ने पूर्व निर्धारित कार्यक्रम अन्तर्गत प्रशिक्षण कार्यक्रमहरू सम्पन्न भएको मशाल स्रोतले हाँकलाई बतायो ।

नवलपुर-यहि चैत्र ९ गते नेकपा ( मशाल) नवलपुरले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । ने.क.पा.(मशाल) जिल्ला समिति नवलपुरको आयोजनामा विशेष राजनैतिक, सैद्धान्तिक प्रशिक्षण महासचिव सन्तबहादुर नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा ने.क.पा.(मशाल) का पि.बि.एम. विगुल र कुमुदको विशेष आतिथ्यता समेत रहेको थियो । कार्यक्रममा ने.क.पा.(मशाल) का महासचिव सन्तबहादुर नेपालीले मशालको नीति, सिद्धान्त, कार्यक्रम र पार्टी एकता सम्बन्धी प्रयासका बारेमा पार्टी कार्यकर्ताहरुलाई प्रष्ट पारेका थिए ।

त्यसैगरी बिगुल र कुमुदले संगठनात्मक पद्धति, पार्टी सदस्यका काम, कर्तव्य, अधिकार र जिम्मेवारीका बिषयमा प्रशिक्षण गरेका थिए । त्यस्तै हाउसबाट उठेका जिज्ञासाहरुको बिषयमा समेत घनिभुत छलफल भएको थियो । कार्यक्रममा आगामी सांगठनिक कार्यक्रम, पार्टीको हिरक जयन्ती वर्षको रुपमा प्रशिक्षण, अन्तरक्रिया र संघर्षका कार्यक्रमको अयोजना र आगामी राष्ट्रिय भेला आदि बिषयमा महत्वपूर्ण निर्णय समेत लिएको छ ।

उक्त प्रशिक्षण कार्यक्रमको अध्यक्षता पर्खाल,सन्चालन जिल्ला सेक्रेटरी राम प्रसाद सापकोटाले गरेका थिए । उपस्थित सबैलाई जिल्ला प्रबक्ता योगेन्द्र पौडेलले स्वागत गरेका थिए ।

प्यूठान-नेकपा (मशाल) प्यूठान जिल्ला समितिको आयोजनामा चैत्र १२ गते प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासचिव नेपाली र पार्टी प्रवक्ता रामबहादुर बुढाले पार्टीको तत्कालीन कार्यक्रम, वर्तमान राजनीतिक परिस्थिति, आगामी कार्यक्रमबारे स्पष्ट गरेका थिए । नेकपा (मशाल) प्यूठानका सचिव विरबहादुर पुनको अध्यक्षता, सन्चालन जिल्ला प्रवक्ता ओविराम जि.एम. र स्वागत जिल्ला सदस्य अजयले गरेका थिए । कार्यक्रममा केन्द्रीय सल्लाहकार बेगम सिंहको समेत कार्यक्रममा आतिथ्यता थियो । प्रशिक्षणमा सहभाहीहरूले राखेका जिज्ञासालाई महासचिव नेपालीले स्पष्ट गरेका थिए । सहिदहरू प्रति एक मिनेट मौन धारण गरिएको थियो ।

दाङ-नेकपा (मशाल) दाङको आयोजनामा चैत्र १३ गते सम्पन्न भएकोछ । नेकपा (मशाल) दाङका सचिव रामबहादुर जि.एम.को अध्यक्षता, जिल्ला सदस्य शशिराम बुढाथोकीको सन्चालन र जिल्ला प्रवक्ता रेशम बि. सी.को स्वागतबाट कार्यक्रम अगाडि बढेको थियो । सहिदहरू प्रति एक मिनेट मौन धारण सहित अगाडि बढेको उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले प्रशिक्षण भेलाको ब्यानर पढेर उद्घाटन गरेका थिए । महासचिव सन्तबहादुर नेपाली, प्रवक्ता रामबहादुर बुढा र केन्द्रीय सदस्य शशिधर भण्डारीले वर्तमान राजनीतिक परिस्थितिबारे प्रशिक्षण दिएका थिए । सहिदहरू प्रति एक मिनेट मौन धारण गरिएको थियो । प्रशिक्षण भेलामा सहभागीहरूले राखेका जिज्ञासालाई महासचिव नेपाली र केन्द्रीय सदस्य शशिधर भण्डारीले स्पष्ट गरेका थिए । सुदूरपश्चिममा यहि चैत्र १५ गते धनगढी रुपन्द्रेहिमा यहि चैत्र १७ गते र अर्धाखाचीमा पनि  नेकपाको स्थापना भएको ७५ वर्ष पुगेको सन्दर्भमा प्रशिक्षण कार्यक्रम हुदै जाने कुरा मशाल पार्टीले जनाएको छ।


२०८० चैत्र १४ २०:३६ बजे

प्रतिक्रिया