काठमाडौं । पाल्पामा चुनावको मुखैमा एमालेलाई ठुलो झट्का लागेको छ । पाल्पाको तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख तथा एमाले नेता अशोककुमार शाही र पूर्व उपप्रमुख लक्ष्मीदेवी पाठक नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
पूर्व नगरप्रमुख–उपप्रमुखसहित १६ जना अगुवा कार्यकर्ता एमाले नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।
उनीहरुले एमाले नेतृत्वले देशमा उचित राजनीतिक निकास निकाल्न नसकेको, नातावाद र कृपावादमा भुलेको, प्रतिनिधिसभा विघटन गरेर देशलाई थप अन्योलतामा लैजाने प्रयत्न गरेको बताउदै पार्टी छोडेको बतका हुन् ।
प्रतिक्रिया