काठमाडौं । शनिबार ७५ वर्षको उमेरमा निधन भएका कांग्रेस नेता प्रदीप गिरीको अन्तिम बिदाइमा नेताहरू तथा शुभचिन्तकहरूको सहधागी रहेका छन् ।
अन्तिम श्रद्धाञ्जलीका लागि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा कांग्रेसका वरिष्ठ नेताहरु लगायत विभिन्न पार्टीका नेताहरु र अन्य शुभचिन्तकहरूले बिदाइ श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति निधन भएको थियो । आज उनको अन्तिम संस्कार गरिँदै छ ।
प्रतिक्रिया