माओवादी केन्द्रका उपाध्यक्ष एव पुर्वसभामुख कृष्णबहादुर महरा सुनकाण्डमा पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र ५ १३:०८ बजे

काठमाण्डौ। सुन प्रकरणमा जोडिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एव पुर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।महरालाई बिहान कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता भिम प्रसाद ढकालले  जानकारी दिनुभयो । महरालाई कपिलवस्तुबाट काठमाण्डौ ल्याईंदैछ ।सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरा दोषी रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

आयोगको सिफारिस अनुसार महरालाई कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । महराका छोरा राहुल विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो ।


२०८० चैत्र ५ १३:०८ बजे

प्रतिक्रिया