पशुरामका प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशि थप उपचारका लागी धनगढी रिफर, जनप्रतिनिधिको आवरणमा गुण्डागर्दी

नगरप्रमुख भरत जोशीले आफ्नो स्वकिय सचिव ,प्रहरी वैठकमा घुसाएका कारण घटना भएको - कर्ण वहादुर धामी(किसोर)

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र १ १७:४३ बजे

जोगवुडा। पशुराम नगरपालीकाको चुनावको समयमा व्यापक प्रचार गरिएको कुरा थियो- युवा तथा पढेलेखका मेयरका उम्मेवार भरत जोशिले नगरपालीकामा जितेमा विकासमा चमत्कार गर्नेछन । नगरपालीकामा व्यापक विकास हुनेछ भनिएको थियो। चुनाव जितिसके पछि जुन मेयरले सहज र सामान्यरुपमा विरलै वैठक सञ्चालन गरेका होलान।  नगरपालीकाको वैठकमा यस पुर्व पनि माओवादी केन्द्रका स्थानिय नेता शेर सिह मालले आफ्नै सट च्यातेको, नेपाली काँग्रेस वाट जितेका  वार्ड न. ६ वार्डअध्यक्ष एवम नगरप्रवक्ता खगेन्द्र सिँह र वार्ड न. ८ का वार्ड अध्यक्ष दिनेश जोशिlले   हातपात गर्न तम्सिएको भिडियो  विगतमा सामाजिक सञ्जालमा भाइरल भएको थियो।

पशुराम नगरपालिकामा माओवादी केन्द्रका जनप्रतिनिधिहरु वहुमतमा र काँग्रेसका जनप्रतिनिधिहरु अल्पमतमा रहेका छन। अर्थात नगरप्रमुखले चाहे अनुसारका निति कार्यक्रम योजना एकलौटीरुपमा नगरपालीकामा लागु गर्न नसकिने अवस्था भए पछि सहमतिमा नै नगरपालीका सञ्चालन गर्नुको विकल्प थिएन। तर करिव २ वर्षको अवधिमा जनसरोकारका विषयमाथि छलफल विचारविमर्श गर्ने  भन्दा नगरपालीकामा विवाद खिचातानी किचलो आ-आफ्नो स्वार्थका केन्द्रित हुन थाले पछि काँग्रेस- माओवादीका प्रतिनिधिहरुको स्वार्थ सँघर्षको घानमा कर्मचारी पर्दै आएका छन। 

नगरपालिकामा दुषित वातावरणका कारण कुनै पनि प्रमुख प्रशासकीय अधिकृत  वा अन्य कर्मचारी पशुराम नगरपालीका आउन अनइच्छुक भए पछि मन्त्रालयले स्थानिय तहका अधिकृत कृष्णदेव जोशि लाई निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मा तोकिएको थियो। यो घटनाले कर्मचारीहरु नै असुरक्षित हुने भए पछि कसरी नगरपालीकाले काम अगाडी वढउला ? 

आज पशुराम नगरपालीकाको वैठक शुरु हुने वितिकै माओवादी केन्द्र तर्फका वैठक सदस्यहरुले नगरपालीकाकी शिक्षा प्रमुखले उनिहरुका वारेमा सामाजिक सञ्जालमा  झुठ्ठा कुरा लेखेको हुदा  उनको काज फिर्ताको कुरा उठाए पछि नगरप्रवक्ता खगेन्द्र सिहले उपप्रमुख विमला महता सँग उत्तेजितरुपमा प्रस्तुत हुदा वैठकको अध्यक्षता गरिरहेका  नगरप्रमुख भरत जोशिले प्रवक्ता लाई  नरोकी थप आफ्नो स्वकिय सचिव ललित विष्ट र केहि प्रहरीहरु लाई वैठक कक्षमानै प्रवेश गराइ माओवादी केन्द्रतर्फका सदस्यहरु लाई धम्काउन खोजे पछि परिस्थिति असहज भएको कुरा वार्ड न. ७ का वार्ड अध्यक्ष एव माओवादी केन्द्रका नगर प्रवक्ता कर्ण वहादुर धामी (किसोर)ले वताए छन।

वैठक शुरुभए पछि उपप्रमुख सहित माओवादी केन्द्र वाट प्रतिनिधित्व गर्ने वैठक सदस्यहरुले शिक्षा शाखा प्रमुखको सरुवा नभए सम्म वैठक सञ्चालन हुदैन भनि अडान लिए पछि उनको के गल्ती छ ? कानुनले गर्न मिल्छ वा मिल्दैन ? अहिले यो कुरा भन्दा वैठकका एजेण्टामा छलफल गरौ भनि नगरप्रमुखले भने पछि विवाद सृजना भएको र माओवादी केन्द्रका तर्फ वाट प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशि माथि हातपात कुटपिट भएको उनको थप उपचारका लागी धनगढी पठाइने नगरप्रवक्ता खगेन्द्र सिहले वताएका छन।

नगरपालीका कुनै पार्टी विशेषको नभइ जनताको कर वाट सञ्चालित हुने स्थानिय तह भएकोले जनताको हित उन्नती भन्दा यसमा प्रतिनिधित्व गर्ने व्यक्तिहरु आफ्नो पार्टी, परिवार, व्यक्ति र  समुहको फाइदाका लागी कर्मचारीहरु लाई कानुन भन्दा वाहिर गएर काम गराउन खोजेका कारण नगरपालीकामा भाडभैलो हुदै आएको छ। यिनिहरु लाई भोट दिएर जिताउने जनताले पनि एक पटक गम्भिरुपमा सोचविचार गरी आफ्नो मतको दुरउपयोग त भएन  समिक्षा गर्ने समय आएको छ। विभिन्न सँघ सँस्था पार्टी व्यक्तिहरुले कर्मचारी माथि कुटपिट गर्ने जो सुकै भए पनि कानुनी कार्वाही हुनुपर्ने वताएका छन।    (  आशु भण्डारी )

२०८० चैत्र १ १७:४३ बजे

प्रतिक्रिया