पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना संक्रमण पुष्टि

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १ १७:४९ बजे
कोरोना

 पछिल्लो केहि दिन  यता  नेपालमा पनि कोरोना संक्रमण  हुनेको संख्या बढ्दै गएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार ४७३ नमूनाको पिसीआर परीक्षण गर्दा ११४ र एक हजार ५६८ नमूनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको  छ। 

 त्यस्तै आज ५९  कोरोना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ४३९ रहेको छ । सङ्क्रमितमध्ये एक हजार ३७० होम आइसोलेशन, ६९ संस्थागत आइसोलेशन, १८ आइसियू र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आज कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु भएको छ ।  नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ११ हजार ९५३   जनाको  ज्यान गएको छ । आज ३२ हजार ५१५ ले कोरोना विरुद्धको खोप लगाएका छन् । 

२०७९ साउन १ १७:४९ बजे

प्रतिक्रिया