रवि लामिछाने लाई उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा नियुक्तिका विषयमा सरकारसँग जवाफ माग

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र १ १२:४८ बजे

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका    सभापति रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ ।आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु  आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए ।

सांसद पाण्डेले  सहकारी ठगी, पासपोट ,नागरिकता लगायत विभिन्न अपराधमा  अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरे । उनले सो विषयमा निष्पक्ष छानबिन हुनेमा आशङ्का व्यक्त गरे ।सांसद पाण्डेले सो विषयमा प्रधानमन्त्री दाहालबाट यथाशीघ्र जवाफ दिन सभामुखसँग रुलिङको माग गरे।तत्पश्चात् सभामुख घिमिरेले सदनमा उठेका विषयमा आफ्नो ध्यानाकर्षण भएको र सरकारले यसबारे ध्यान दिने विश्वास व्यक्त गरे।


२०८० चैत्र १ १२:४८ बजे

प्रतिक्रिया