नयाँ सत्ता गठवन्धनको सातवुँदे सहमति

bimbonline बिम्ब अनलाइन
२०८० फागुन २९ १३:३२ बजे

काठमाडौँ । सत्तारुढ पाँचदलीय गठबन्धनमा सातबुँदे सहमति भएको छ । नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सातबुँदे सहमति भएको हो ।

मंगलबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले उक्त सहमति गरेको हो । सहमति अनुसार वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सफल र सुदृढ बनाइनेछ । साथै जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्न पाँचै दल सहमत भएका छन् ।

सहमति पत्रमा राष्ट्रिय सभाध्यक्ष पदमा माओवादीका उम्मेद्वारलाई समर्थन गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक रहेका अन्य दलहरूसँग संवाद अघि बढाउने समेत उल्लेख छ ।



२०८० फागुन २९ १३:३२ बजे

प्रतिक्रिया