गण्डकी प्रदेश प्रमुखमा सिफारिस भएका डिल्लीराज भट्ट को हुन

bimbonline बिम्ब अनलाइन
२०८० फागुन २९ ०९:१७ बजे

काठमाडौं । नेपाल सरकारले हिजो डिल्लीराज भट्ट लाई गण्डकी प्रदेश प्रमुखको सिफारिस राष्टपति समक्ष गरेका छन।राजनिति जिवनमा राज्य पदमा पहिलो पटक सिफारिस हुनभए डिल्लीराज भट्ट  सानै  उमेरमा नेपालको वामपन्थी आन्दोलनमा आवध्द हुनु भएको थियो। उहाँ  १३ वर्षको उमेर हुँदा नै सायद २०१७ वा  २०१८ सालतिर हुनु पर्छ चिन वाट भागेर आएको दलाई लामाका अनुयायीहरूको एक समुह सँग डोटीका काउलीगाडमा उहाँको भेट भए पछि उनीहरूले चिनमा  कम्युनिष्ट शासन आए पछि हामीलाई देश निकाल गर्यो भन्ने क्रममा उहाँले पहिलो पटक कम्युनिष्ट शब्द सुनेका रहेछन। उहाँको वाल मस्तिष्कमा कम्युनिष्ट प्रति नराम्रो छाप पर्यो ।

प्रारम्भि शिक्षा  डोटीको उच्चाकोट वाट पुरा गरे पछि पढाइको क्रममा कैलाली झरेका थिए। त्यहाँ २०२१ साल तिर काङ्ग्रेसहरूको  एउटा कार्यक्रममा शिवराज र शेर बहादुर देउवा समेतका व्यक्तिसँग भेट भयो। कांग्रेसले पञ्चायतको विरोध गर्ने भएकोले उहाँलाई ठिक लाग्यो र उनले कांग्रेसको  सदस्य लिए  । उहाँले शिक्षण पेशा र पार्टीमा  काम गर्दै जादा कांग्रेसको कैलाली जिल्ला कार्य समितिमा  काम गर्दै गर्दा २०२६ साल माघ १६ गते शहीद दिवसको दिनमा  गिरफ्तारमा  परेका हुन। १२ वा १३ दिन प्रहरी हिरासत पछि  रिहा भए।

सो समयमा नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समुहका  रामेश्वर सर्वहारा भन्ने व्यक्ति संगठन विस्तारको क्रममा कैलाली आएको रहेछन्। उहाँको रिहाइको दिन भट्ट बारेमा बुझेर केही दिन पछि रातिको समयमा भट्टको घरडेरामा आए । उनले रात भरी कम्युनिष्ट पार्टीका बारेमा कुरा  गरेर भट्टलाई एकतातिर उनका कुरामा रुचि जागेको  छ भन्ने अर्कोतिर यिनी पञ्चायती सरकारका सिआइडि हुन की  भन्ने आशँका पनि सँ-सँगै लागी रहे पनि रातभरि कुरा गरे पछि विहान उज्यालो हुनु भन्दा पुर्व नै उनले भट्ट लाई हरेराम शर्मा नेकपा पुष्पलाल समुहको केन्द्रिय सदस्य हु भने ।तपाइले काग्रेस पार्टीलाई वुझ्नु भएको छैन यो जमिनदार धनिमानिको पार्टी हो तपाइको जिवनशैली (लगाउने लुगा खाने वस्ने तरिका) यिनिहरु सँग मेल खादैन। जुन समयमा यिनिले तपाइ लाई अपमानित गर्ने छन सो वेला यिनिहरुलाई तपाईले व्यवहारत काग्रेसलाइ वुझ्नु हुने छ भनेका थिए।

एउटा सार्वजनिक कार्यक्रममा काग्रेसका नेताले यस्ता व्यवहार गरे पछि मैले काग्रेस छोडे र कम्युनिष्ट आन्दोलनमा लागे हरेराम शर्माले भट्ट   लाइ माओका सँकलित रचना भएको रेडवुक  किताव पढ्नुहोला भन्नेर छोडेर जानु भएको थियो।  भट्टले रेडवुक धेरैपटक पढसके पछि उनी कम्युनिष्ट विचार वाट प्रभावित भए। पुन २०२६ सालको चैत्रतिर भारतमा रामेश्वर सर्वहारा सँग उहाँको पुन भेट भयो र उहाँले  कम्युनिष्ट पार्टीको साधारण सदस्यता लिए २०२८ सालमा पार्टी सदस्यता  प्राप्त गरेपछि कम्युनिष्ट पार्टीमा सगठित भए  र जिवनभर यसै आन्दोलनमा रहेका छन।

नेपालको वामपन्थी आन्दोलनमा सुदूरपश्चिममा पुराना वामपन्थी नेता डिल्ली राज भट्ट  उमेर ७४ वर्ष भन्ने पनि उत्साहित फुर्तिलो र आत्मीय तरिकाले  व्यवहार गर्ने व्यक्तित्व हुनुहुन्छ। हाल नेकपा (एमाले) का केन्द्रिय सल्लाहकार समितिका सदस्यको जिम्मेवारीमा हुदा नै गण्डकी प्रदेश प्रमुखको नियुक्तिका लागी नेपाल सरकारले सिफारिस गरेका छन। नेकपा (एमाले) २०५१ साल देखि आधिकांश समय सत्ता र शक्तिमा रहे पनि उहाँले आज सम्म कुनै लाभको पद प्राप्त गर्नु भएको छैन। गण्डकी प्रदेश प्रमुख नै  उहाँको जिवनको पहिलो राज्य पदको जिम्मेवार  सम्माल्दै हुनुहुन्छ।

२०८० फागुन २९ ०९:१७ बजे

प्रतिक्रिया