नेपाली भु-भाग गुञ्जीमा भारतिय प्रधानमत्री मोदीले गरे शिवधाम मन्दिर र स्कुलको शिलन्यास, नेपाल सरकार वेखवर

bimbonline बिम्ब अनलाइन
२०८० फागुन २७ १२:२७ बजे

दार्चुला। भारतले अतिक्रमण गरेको  नेपाली भु-भागका लिम्पियाधुरा लिपुलेक कालापानीको  गुञ्जी इलाकाका सात गाउँ गुञ्जी, नाभि, कुटी, रोङकाङ, नपलच्यु ,गर्ब्याङ र बुदीको गाउँहरु मध्ये गुञ्जी गाउँको तल्लसेरा चौरमा   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत बिहीबार भर्चुवल माध्यमबाट नेपालको दार्चुला जिल्लाको व्यास गाउँपालीकाको वार्ड न. १ रहेको गुञ्जीगाँउको तल्लसेरा चौरमा वाह कक्षा सम्मको विधालय र नजिकै शिवभगवानको मन्दिर र मुर्ती ( शिवधाम) लगायका भौतिक सँरचना निर्माण गर्नका लागी जम्मु कस्मिरदेखि  मोदीले भर्चुवल माध्यमबाट शिलन्यास गरेका छन।

नेपालले जारी गरेको चुच्चे नक्सा भित्र नाभि कुटी परेपनि गुञ्जीका सातगाउँ नेपालको पुरानै नक्सा भित्र पर्ने भु-भागहरु हुन। नेपालको पुरानै नक्सा भित्र पर्ने गुञ्जीको तल्लसेरा चौरको नेपाली भु- भागमा भारतिय सरकारले स्कुल र शिवमन्दिर निर्माण गर्न लागेका छन। स्थानिय जनताले गाउँमा तल्लसेरा चौर वाहेक अन्य सार्वजनिक जमिन नभएको हुदा सो स्थानमा शिवधाम निर्माण गर्ने भारतिय परियोजना प्रति असन्तुष्टि व्यक्त गरेका छन।

शिलन्यास अवसरमा सीमावर्ती पिथौरागढ सदरमुकाममा बिहीबार विशेष कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रममा भारतका अजय टमटा पिथौरागढ जिल्ला अलमोडा लोकसभा सदस्य , उत्तराखण्ड प्रदेशका राज्यमन्त्री गणेश भण्डारी, धारचुलाका ब्लक प्रमुख धनसिंह धामी, पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी रिना जोशीको  सो कार्यक्रममा सहभागी थिए । शिवधाम परियोजना लागी ७५ करोड भारतिय रुपियाको वजेट विनियोजन गरेको वताइन्छ। नेपालको गुञ्जीमा निर्माण गरिन लागेको शिवधामबारे नेपाल सरकार भने बेखबर छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले शिवधाम निर्माण र शिलन्यासबारे आफूलाई थाहा नभएको बताएका छन्। पिथौरागढको शिलन्यास कार्यक्रमका सहभागीले मोदीले शिलन्यास गरेको यो शिवधामलाई हिन्दूहरुको पाँचौं पवित्र धाम हुने बताएका छन्।



२०८० फागुन २७ १२:२७ बजे

प्रतिक्रिया