५ वर्षको जेलजिवन पछि रिहा भएका कार्यकर्तालाई क्रान्तिकारी कम्युनिष्ट पार्टीले गर्यो स्वागत

bimbonline बिम्ब अनलाइन
२०८० फागुन २४ ११:५५ बजे

काठमाडौं । २०७५ साल फागुन १० गते पक्राउ परेका राजबन्दीहरु सुर्य भुजेल, रामकृष्ण खतिवडा, दोर्ची शेर्पा र शिव धिमाललाई कारागारमुक्त भएर आएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भव्य स्वागत तथा अभिनन्दन गरेको छन ।

पार्टीका अध्यक्ष मोहन वैद्य किरण, कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला, कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन, कार्यालय सदस्यहरु सीताराम तामाङ,  उदयबहादुर चलाउने दिपक,  इन्द्रमोहन सिग्देल,  कृष्ण धमला,  चन्द्रहरि सुवेदी अटल,  पवनमान श्रेष्ठ लगायतका नेताहरुले कारागारमुक्त राजवन्दीहरुलाई खादा र माला लगाइदिएर भव्य रुपमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा राजबन्दीहरु सुर्य भुजेल, रामकृष्ण खतिवडा, दोर्ची शेर्पा र शिव धिमालले कारागार बसाईका तीता अनुभूतिहरु राख्नुभएको थियो भने अध्यक्ष किरण, नेताहरु कञ्चन र सुदर्शनले नेपाली क्रान्तिमा राजबन्दीहरुले खेलेको भूमिका, क्रान्तिका सामुन्ने देखिएका चुनौती र महान सम्भावनाका बारेमा चर्चा गर्नुभएको थियो । 

२०८० फागुन २४ ११:५५ बजे

प्रतिक्रिया