नवनियुक्त ३ जना मन्त्रीले शपथ लिए

माकेका हितवहादुर तामाङ,एमालेका पदम गिरी रास्वपाका डीपी अर्यालले मत्रीको शपथ लिएका छन।

bimbonline बिम्ब अनलाइन
२०८० फागुन २१ १९:०७ बजे

काठमाण्डौ । नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्यालले आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग मन्त्री पदको शपथ लिनुभएको छ । शपथ समारोहमा प्रधानमत्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायधिस विश्वभर श्रेष्ठ, सभामुख देवराज धिमिरे  लगायत उच्चपदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो। तर मत्रीहरुको कार्य विभाजन हुन वाँकी रहेको छ।

नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसबाट बनेका सबै मन्त्रीलाई हटाउनुभएको छ । प्रचण्डले दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नयाँ गठबन्धन बनाएको र मन्त्रीहरू हटाएको जानकारी दिनुभएको थियो 


२०८० फागुन २१ १९:०७ बजे

प्रतिक्रिया