अर्घाखाँचीमा विरोध सभा सम्पन्न सयौ जना मशाल निकट किसान महासँधमा प्रवेश

राष्ट्रिय जनमोर्चाबाट ९८ जना,एमालेबाट २१ जना र माओबादी केन्द्र वाट १० गरी १२९ जना दक्षिणपन्थी पार्टी परित्याग गरी मशाल निकट अखिल नेपाल किसान महासंघमा प्रवेश गर्नुभएको छ ।

bimbonline बिम्ब अनलाइन
२०८० फागुन २० ०८:३१ बजे

अर्घाखाँची। नेपाल कम्युनिस्ट पाटी मशाल निकट अखिल नेपाल किसान महासंघ जिल्ला समिति अर्घाखाँचीको आयोजनामा मालारानी  गाउँपालिका वाड न ६ म्यालपानी कुवरपोखरीमा राष्ट्रघात,जनघात,भस्ट्राचारको बिरोध गरौ।राष्ट्रिय स्वाधिनताको रक्षा गरौ भन्ने मुल नारा साथ विरोध सभा सम्पन्न भएको छ।

सभामा प्रमुख अतिथि अखिल नेपाल महासंघ केन्द्रिय उपाध्यक्ष कृष्ण केसी ,विशिष्ठ अतिथि अखिल नेपाल शिक्षक संघ केन्द्रिय अध्यक्ष नरेन्द्र थापा,नेपाल कम्युनिस्ट पाटी मशाल अर्घाखांची प्रवक्ता कमल भुसाल,अखिल नेपाल युबक संघ केन्द्रिय उपाध्यक्ष राजेन्द्र नेपाली अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य मिना केसी,क्रान्तिकारी कम्युनिस्ट पाटीका जिल्ला सदस्य शेर बहादुर पुनले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा  राष्ट्रिय जनमोर्चाबाट ९८ जना,एमालेबाट २१ जना र माओबादी केन्द्र वाट १० गरी १२९ जना  दक्षिणपन्थी पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पाटी मशाल निकट अखिल नेपाल किसान महासंघमा प्रवेश गर्नुभएको छ ।नेकपा (मशाल)ले फाल्गुन १५ देखि २५ गते सम्म देशव्यापिरुपमा राष्टिय स्वाधिनताको रक्षाका लागी विरोध सभा , अन्तक्रिया गोष्टी कोण सभाका कार्यक्रमहरु तय गरेको थियो। सोहि कार्यक्रम अन्तगत अर्धाखाचीमा विरोध सभा सम्पन्न भएको हो।

कार्यक्रम अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष बुद्दीराम गैरेको अध्यक्षता, अतिथि आसन ग्रहणपछि शहिदहरुको सम्झनामा एकमिनेट मौनधारण गरिएको थियो। रेशम बहादुर थापाले स्वागत मन्तव्य र जिल्ला कोषाध्यक्ष खिमराज भट्टराइले सन्चालनगर्नु भएको थियो।


२०८० फागुन २० ०८:३१ बजे

प्रतिक्रिया