हिन्दूमतदाता लाई प्रभावित गर्न मोदीले गरे अरव सागर भित्र कृष्णको पूजा

धर्मका नाममा मोदीको राजनिति साम्प्रदायिकता भड्काउने गधिविधि

bimbonline बिम्ब अनलाइन
२०८० फागुन १८ २१:१६ बजे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अरब सागरमा डुबुल्की मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । गृहराज्य गुजरात नजिकै अरब सागरको गहिरो भागमा पुगेर उहाँले भगवान कृष्णको पूजा गर्नुभएको बताइएको छ ।

प्राचीन द्वारका शहर सोही समुन्द्रको गहिरो भागमा रहेको विश्वासका साथ उहाँले पानीमुनि पुगेर पूजाआजा गर्नुभएको छ । कम्मरमा मयुरको प्वाँख,नाकमा अक्सिजन पाइप लगाएर समुन्द्रभित्र छिर्नुभएका प्रधानमन्त्रीलाई सैनिक टोलीले सहयोग गरेको देखिन्छ ।भारतमा लोकसभाको निर्वाचन आगामी अप्रिल र मे महिनामा हुँदैछ । त्यसअघि हिन्दू मतदाताको मन जित्न भारतीय जनता पार्टीका नेता मोदीले विभिन्न मन्दिर तथा देवस्थलको विशेष पूजा गर्न थाल्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

गत महिना उत्तरप्रदेशस्थित अयोध्यामा राम मन्दिर पूर्णरुपमा निर्माण नहुँदै उद्घाटन गरिएको छ । अहिले समुन्द्रमुनि पसेर कृष्ण भगवानको पूजा गरिएको छ । आगामी महिना नेपालको भ्रमण गरेर पशुपतिनाथको पूजा गर्ने कार्यक्रमबारे दुबै मुलुकका कूटनीतिक कर्मचारीहरुबीच छलफल भएको बताइन्छ ।


२०८० फागुन १८ २१:१६ बजे

प्रतिक्रिया