करिव हजार किलोमिटर पैदल यात्रा गरेर २२औ दिनमा मिटरव्याज पिडितको न्याय मार्च काठमाण्डौमा आज प्रवेश गर्दै

bimbonline बिम्ब अनलाइन
२०८० फागुन ८ ११:०५ बजे

काठमाण्डौ । न्याय मार्चमा निस्किएका मिटरब्याज पीडितहरु निर्णायक आन्दोलनका लागि भन्दै काठमाण्डौ आइपुग्दैछन् । हिजो धादिङको पिपलटार आइपुगेका उनीहरु आज काठमाण्डौ छिर्ने तयारीमा छन् ।

पैदल यात्रामा रहेका उनीहरु सार्वजनिक ठाउँमा बस्ने र खाने गर्दै अगाडि बढिरहेका छन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए । अनि १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए । त्यसपछि काठमाण्डौतर्फ लागेका हुन् ।

मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन् । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरुका माग छन् । यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याज पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाण्डौ आएका थिए।

मिटर व्याज पिडितहरुको एक समुह पुर्वको झापा र अर्को समुह पश्चिमको कञ्चनपुर वाट  करिव हजार किलोमिटर पैदल यात्रा गरेर  २२औ दिन आज केन्द्रिय राजधानी काठमाण्डौ पुग्दैछन।


२०८० फागुन ८ ११:०५ बजे

प्रतिक्रिया