कांग्रेसका ६ वटा शुभेच्छुक संस्थाले गरे महासमिति बैठक बहिष्कार

bimbonline बिम्ब अनलाइन
२०८० फागुन ८ ०९:११ बजे

काठमाडौं। नेपाली कांग्रेसका ६ वटा शुभेच्छुक संस्थाले पार्टीको महासमिति बैठक बहिष्कार गरेका छन्। पार्टी विधान अनुसार शुभेच्छुक संस्थाबाट तीन\तीन जना प्रतिनिधित्व नगराइको भन्दै उनीहरुले बैठक बहिष्कार गरेका हुन्।

महासमिति बैठक बहिष्कार गर्नेमा ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन, प्रजातान्त्रिक चिकित्सक संघ, नेपाल प्रेस युनियन, सेन्टर फर डेमेक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) रहेका छन्।

ती संस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै महासमिति बैठक बहिष्कार गरेको जनाएका छन्। उनीहरुले विधानको दफा १८  (१) (घ) अनुसार प्रत्येक शुभेच्छुक संस्थाबाट तीन\तीन जना प्रतिनिधित्व गराइनुपर्ने व्यवस्था प्रतिकुल हुने गरी महासमिति बैठक अघि बढेकोले बहिष्कार गरेको जनाएका छन्।


२०८० फागुन ८ ०९:११ बजे

प्रतिक्रिया