इन्टर मिलानको स्पेजिया विरुद्ध ३० गोलको जित

इन्टर मिलानको स्पेजिया विरुद्ध ३० गोलको जित

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ५ ११:२५ बजे
इन्टर मिलान

काठमाडौं ।   इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा लगातार दोस्रो जित निकालेको छ । स्पेजियालाई ३-० ले हराउदै इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा लगातार दोस्रो जित निकालेको हो । इन्टरको जितमा लाउटारो मार्टिने, हाकन र जोआकिन कोरेयाले एक एक गोल गरे ।

दुई खेलबाट ६ अंक बटुलेको इन्टर शीर्ष स्थानमा छ । स्पेजिया ३ अंक जोडेर ११ औँ स्थानमा छ । शनिबार राति नै भएको खेलमा सासुओलोले लिसलाई १-० ले पराजित गरेको छ । पहिलो जित निकालेको सासुओलो १०औं स्थानमा छ । 

२०७९ भदौ ५ ११:२५ बजे

प्रतिक्रिया