आखाँ झुम्न थाल्यो गित, भिडियो सहित सार्वजनिक

bimbonline बिम्ब अनलाइन
२०८० फागुन ६ ११:४४ बजे

काठमाण्डौं । प्रेम र रोमान्स समेटिएको गीत आखाँ झुम्न थाल्यो सार्वजनिक गरिएको छ ।बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको बताए 

सार्वजनिक गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीको अभिनय छ । सन्तोष तामाङ्गको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा  निर्देशन गीतमा रहेको छ ।सार्वजनिक भिडियोमा कमल र स्नेहा रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरुले मन पराउने विश्वास गरिएको छ ।


२०८० फागुन ६ ११:४४ बजे

प्रतिक्रिया