काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधन भएको शोकमा सिरहाको लहानमा बिदा दिइएको छ ।
मेयर महेशप्रसाद चौधरीका अनुसार नगर क्षेत्रभित्र शोक बिदा दिइएको हो । नगरपालिकाभित्रका क्याम्पस, शैक्षिक प्रतिष्ठानहरू र उद्योग वाणिज्य संघ पनि आज बन्द हुने उनले बताएका छन् ।
लहान गिरिको गृहनगर हो । उनले आफूलाई भेट्न आउनेहरूसँग आफ्नो अन्त्येष्टि जिल्लाकै बस्तीपुरमा गरिदिन आग्रहसमेत गरेका थिए । तर, नेपाली कांग्रेसले पशुपतिमै उनको अन्तिम संस्कार गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया