राष्ट्रिय स्वाधीनताको रक्षाको लागी मशाल गर्यो सँघर्षको घोषणा

सरकारले ४ वटा अन्तर्राष्ट्रिय विमानस्थलहरू पीपीपी मोडेलमा भारतीय अडानी ग्रूपलाई ठेक्कामा दिन लागेको, गौतमबुद्धको मावली घर मानिएको नवलपरासी पश्चिमको रामग्राम क्षेत्रको ११६ विघा जमीन निजी कम्पनीलाई ९९ वर्षका लागि लिजमा दिएको

bimbonline बिम्ब अनलाइन
२०८० फागुन २ २०:५८ बजे

काठमाण्डौ। नेपाल कम्युनिस्ट पार्टी (मशाल)का महासचिव सन्तवहादुर नेपालीले हिजो एक विज्ञप्ति जारी गर्दै   यही २०८० माघ २५ र २६ गते पार्टीको केन्द्रिय समितिको  बैठक सम्पन्न भएको जनाएका छन।  

विज्ञप्तिमा भनिको छ वैठकले देशको समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्‍यो । देशमा दलाल तथा नोकरशाही पुँजीवादले प्रभाव जमाउँदै गएको, पुनर्उत्थानवादीहरू राजसंस्था ल्याउन प्रयास गरेको, जनतामाथि लुट, भ्रष्टचार, राष्ट्रघात तथा जनघातको सिलसिला नरोकिएको, भर्खरै सरकारले ४ वटा अन्तर्राष्ट्रिय विमानस्थलहरू पीपीपी मोडेलमा भारतीय अडानी ग्रूपलाई ठेक्कामा दिन लागेको, गौतमबुद्धको मावली घर मानिएको नवलपरासी पश्चिमको रामग्राम क्षेत्रको ११६ विघा जमीन निजी कम्पनीलाई ९९ वर्षका लागि लिजमा दिएको, भारतलाई १० हजार मेघावाट विद्युत दश वर्षमा दिने सम्झौता र भारत आफैले छनौट गरी देशको कुनै पनि भागमा बीस करोड अनुदान दिने सम्झौता गरेको, देशका महत्वपूर्ण विद्युत परियोजनाहरू भारतलाई सुम्पेको, केही समयदेखि सार्वजनिक सभा, भेला हुने ठाउँहरू निषेध गरेको, निर्दोष व्यक्तिहरूको हत्या आदि जस्ता थुप्रै जनविरोधी, राष्ट्रघाती तथा फासिष्ट प्रकारका नीतिहरूको विरोध गर्ने वताएका छन।

२०८० फागुन १५देखि २५सम्म “राष्ट्रिय स्वाधीनताको रक्षाको लागि सङ्घर्ष गरौँ” भन्ने मूल नाराका साथ आफ्नो जिल्लाको अनुकूलतामा कुनै एउटा दिनमा विरोध कार्यक्रम राख्ने, चैत्र महिनामा कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुग्न लागेको अवसरमा हिरक वर्ष मनाउने, त्यस अवसरमा पार्टीको प्रशिक्षण, अन्तक्र्रिया, सम्भव भएका ठाउँमा मार्च आदि सहितका कार्यक्रम आयोजना गर्ने, लेनिन शतवार्षिकी स्मृति वर्षको अवसरमा लेनिनका योगदान प्रचार प्रसार हुने गरी कार्यक्रमहरूको आयोजना गर्ने, भारतका कतिपय शहरहरूमा भारतस्थित नेपालीहरूका विषयमा अन्तक्रियाको आयोजना गर्ने, कलाकारहरूको टिम व्यवस्थित गर्ने, पार्टी नजिकका प्रकाशनहरूलाई व्यवस्थित गर्ने तथा  पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने विषयमा पनि छलफल भएको छ । कम्युनिस्ट आन्दोलन भित्रैबाट हुर्के बढेको संशोधनवादले दलाल पुँजीवादलाई बलियो बनाउँदै गएको सन्दर्भमा सच्चा कम्युनिस्टहरूको काँधमा नेपाली जनताको जनवाद, जनजीविका, जनअधिकार र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी आएको ऐतिहासिक सन्दर्भलाई आत्मसात गर्दै अगाडि बढ्नुको विकल्प छैन  भनि विज्ञप्तिमा उल्लेख गरेका छन। 



२०८० फागुन २ २०:५८ बजे

प्रतिक्रिया