उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कालोमोसो दले

क्रान्तिकारी युवा संगठनले उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कालोमोसो दलेका हुन

bimbonline बिम्ब अनलाइन
२०८० माघ १६ १६:५१ बजे
उपकुलपतिको कार्यकक्ष

धरान।मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई   कालोमोसो दलेका हुन।मंगलबार दिउँसो उपकुलपति कार्कीमाथि मोसो दलेका हुन् ।

प्रतिष्ठानमा रहेका कर्मचारीहरुको अन्यायपुर्ण तरिकाले बढुवा रोकेको , औषधि मेशिन लगायत खरीद प्रक्रियामा करोडौं अनियमितता गरेको , कर्मचारी नियुक्ति प्रक्रियामा मनोमानी गरेको , गुण्डागर्दीपुर्ण तरीकाले कर्मचारीहरुलाई धम्क्याउने र आतंकित पारेको ,निदोष कर्मचारीहरूलाई षड्यन्त्रपूर्ण झुटा मुद्दा लगाएको कारण कालोमोसो दलिएको क्रान्तिकारी युवा संगठन नेपालका अध्यक्ष हरिस भट्टले बताए ।

कालोमोसो   लगाएको आरोपमा युवा सँगठनका तिन जना सदिप सिर्पाली, निशान कटवाल र खेम थापा लाई प्रहरीले नियत्रणमा लिएकाछन ।




२०८० माघ १६ १६:५१ बजे

प्रतिक्रिया